गृहपृष्ठ ∕ नेपाल ∕ अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेटअध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेट नेपालीपत्र सोमबार, २०८० साउन ८ गते, १३:१२ मा प्रकाशित नेपाल काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहा पुगेका अध्यक्ष ओलीले हिजो उनीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको ओलीको सचिवालयले जनाएको छ। श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन्।यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए। अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रमा पुगि पर्यवेक्षण गरेका थिए।यहि साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया जानु भएका उनी आज स्वदेश फर्कने कार्यक्रम छ। अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल त्यसतर्फ गएका थिए। #श्रीलङ्काग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ५ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ६ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ७ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीThe Film Nepal