Techie IT
२०८१ जेठ ५, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालगलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्छः अर्थमन्त्री महत

गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्छः अर्थमन्त्री महत


काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा बिहीबार आयोजित बहुआयामिक हलोक्रान्ति– २००६ विषयक एक दिवसीय विचार गोष्ठीमा उनले दुराडाँडाको हलोक्रान्ति चेतना र क्रान्तिको सुरुवात भएको धारणा राखे।

“शिक्षाको चेतना व्यापक भएको लमजुङको दुराडाँडामा चेतनाकोस्तर विकसित भएको कारण नै हलोक्रान्ति भएको भन्ने मलाई लाग्छ,” उनले भने, “हलोक्रान्ति सामान्य घटना होइन, हलोक्रान्तिको अगुवाई चारजना महत्वपूर्ण व्यक्तिले गर्नुभयो, त्यसबेला ब्राम्हणले हलो जोत्ने घटना असामान्य थियो।” गलत परम्परालाई हलोक्रान्तिले तोडेको भन्दै उनले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्नेमा जोड र्दिए।

उनले सबै जातजाति, भाषाभाषी, संस्कृति, सम्पदाको संरक्षण गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे। दुराडाँडालाई पहिलेको जस्तो हराभरा र स्मृतिलाई ताजा बनाउन सबै लाग्नुपर्ने उनको भनाइ छ।

हलोक्रान्तिको महत्वलाई देशभर लैजानुपर्ने भन्दै उनले दुराडाँडामा निर्माण गर्न लागिएको हलो पार्क र हलो स्तम्भलाई सरकारको तर्फबाट सहयोग हुने अर्थमन्त्री डा महतले बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले श्रम र शिल्पबाट ठूलो र सानो जातिको उदय भएकाले त्यसलाई अन्त्य गर्न लमजुङबाट हलोक्रान्तिको थालनी भएको बताए। “दुराडाँडामा ७४ वर्ष पहिले भएको हलोक्रान्ति शान्तिपूर्ण सांस्कृतिक क्रान्तिको उदाहरण हो,” उनले भने। कूलपति राईले प्रज्ञा प्रतिष्ठानभित्र हलोक्रान्तिलाई ७४ वर्षपछि आफ्नो विषय बनाएर अगाडि बढ्न लागेको बताए।

लम्जुङ सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले मुलुकको विकृति विसङ्गतीकाविरुद्ध सांस्कृतिक क्रान्तिको थालनी हलोक्रान्ति भएको बताए। “राणा शासनको अन्त्य गरी मुलुकलाई सही ढङ्गले अगाडि बढाउन र विकृति, विसङ्गतिको अन्त्यका लागि हलोक्रान्ति भएको थियो,” उनले भने। पण्डित तोयानाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूतिका रुपमा घोषणा गर्न सुन्दरबजार नगरपालिकाले प्रस्ताव अगाडि सारेको उनको भनाइ थियो।

विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले शोषक र शोषितको दुरी अन्त्य गर्दै समानतामूलक समाज निर्माणका लागि हलोक्रान्ति भएको बताए। प्रतिष्ठानका अध्यक्ष डा लक्ष्मीकान्त पौडेलले दुराडाँडामा हलो पार्क र हलो स्तम्भ निर्माण गर्नका लागि प्रतिष्ठानले काम गरिरहेको बताए। प्रतिष्ठानका उपाध्यक्ष श्रीप्रसाद अधिकारीले हलोक्रान्तिलाई जीवन्त राख्न प्रतिष्ठानले काम गरिरहेको उल्लेख गरे।

हलो क्रान्तिको नेतृत्व तोयनाथ अधिकारी, शेषकान्त, हरिभक्त पौडेल र श्रीकान्त अधिकारीले लिएका थिए। सोही क्रान्तिमा उनीहरुसँगै २७ ब्राम्हणले हलो जोतेका थिए । सोही अवसरमा पण्डित तोयनाथ अधिकारीको बुहारी सुशीला अधिकारी, लेफ्टिनेन्ट शेषकान्त अधिकारीका छोरा डा पूर्णकान्त अधिकारी, मुखिया हरिभक्त पौडेलकी बुहारी लक्ष्मी पौडेल र श्रीकान्त अधिकारीकी श्रीमती गायत्री अधिकारीलाई सम्मान गरिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज

काठमाडौँको कपनबाट पेस्तोलसहित १ जना पक्राउ

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान ११ बजेका लागि

आफ्नै बच्चाको हत्या गर्ने महिला पक्राउ

पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

Techie IT