Techie IT
२०८२ कात्तिक ३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसेवाग्राही बनेर मन्त्रीको छड्के

सेवाग्राही बनेर मन्त्रीको छड्के


पोखरा। गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बिहीबार पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन्।

सेवाग्राही सरह कार्यालय पुग्नुभएका मन्त्री जुग्जालीले सवारी चालक अनुमतिपत्र र सवारीसाधन दर्ता तथा नवीकरणसम्बन्धी सेवा दिने कार्यालयको गोप्य अनुमगन गरेका थिए।

सेवाग्राहीसँगै लाममा उभिएर उनले कार्यालयको सेवा प्रवाहका सम्बन्धमा गुनासा र सुझाव सुनेका थिए। मन्त्रीले जुग्जालीले सवारी चालक अनुमपतिपत्रको ‘ट्रायल सेन्टर’को पनि अनुगमन गरेका थिए।

मन्त्रीसमक्ष सेवाग्राहीले कार्यालयको सेवा लिन लामो समय लाममा उभिनुपर्ने समस्या कम हुँदै गएको प्रतिक्रिया दिएका थिए। कार्यालयले बिहान ८ः०० बजेदेखि नै सेवा दिन थालेपछि सेवा प्रवाह छिटो–छरितो बन्दै गएको छ।

सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमतिपत्रको नवीकरणका लागि अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाइएको छ। कार्यालयको सेवाप्रति सेवाग्राहीको धारणा बुझ्न र समस्या तथा सुधारका पक्ष पहिचानका लागि आकस्मिक अनुगमन गरेको मन्त्री जुग्जालीले बताए।

सो क्रममा कार्यालय प्रमुख तथा कर्मचारीले छरितो र सहजरूपमा सेवा उपलब्ध गराउन हरसम्भव प्रयास गरिएको मन्त्रीसमक्ष बताएका थिए। सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमै दरबन्दीअनुसारको कर्मचारी नहुँदा केही समस्या भएको उनीहरूको गुनासो थियो।

मन्त्री जुग्जालीले जनशक्ति व्यवस्थापनसँगै पोखराको ‘ट्रायल सेन्टर’मा देखिएको सेवाग्राहीको चाप घटाउन छिट्टै बागलुङबाट पनि गाडीको सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न लागिएको बताए। उनले यसअघि गत जेठमा पनि यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका थिए।

यातायात व्यवस्था कार्यालयको सेवा चुस्त र प्रभावकारी बनाउन मन्त्री जुग्जालीले मन्त्रालयको जिम्मेवारीमा आएको सुरुदेखि नै पहल लिएका थिए। कार्यालयले बिहानी सेवा पनि सुरु गरेपछि अहिले सेवा प्रवाह थप प्रभावकारी बनेको छ।

राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ः०० बजेदेखि नै सुरु हुन्छ। जसले गर्दा कार्यालयमा हुने भीडभाड घटेको छ। कर्मचारीले सहज र छरितो ढङ्गले सेवा दिन पाएका छन्। दिउँसोमा सेवाग्राहीको चाप थेगिनसक्नु भएपछि कार्यालयले गत जेठदेखि बिहानी सेवा सुरु गरेको थियो।

बिहानी सेवा सुरु भएपपछि अहिले करिब ३० प्रतिशत सेवाग्राहीले १०ः०० बजेअघि नै सेवा लिइसक्ने कार्यालयले जनाएको छ। घन्टौँ लाममा बस्नुपर्ने स्थिति हटेको छ। मन्त्री जुग्जालीले यातायातसम्बन्धी सेवाका लागि कार्यालय धाइरहन नपर्ने स्थितिको सिर्जनाका लागि आफूहरू लागिपरेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT