Techie IT
२०८० असोज ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्णः उपराष्ट्रपति

सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्णः उपराष्ट्रपति


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका छन् ।

बिहीबार लैनचौरस्थित उपराष्ट्रपति भवनमा भेट गर्न आएका नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हासमीसँगको कुराकानीमा उनले शान्ति, समुन्नति र सदस्य राष्ट्रका आमनागरिकको बृहत् हितका लागि सार्क अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

उपराष्ट्रपति यादवले भने, “सार्कमा देखिएको गतिरोधको अन्त्य गर्न अध्यक्षको हैसियतमा नेपालले पहल गरिरहेको छ । यसका लागि सार्कका सबै सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण छ ।” उनले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित द्विपक्षीय परामर्श संयन्त्र र अर्थ मन्त्रालयबीच स्थापित संयुक्त आर्थिक सहयोगमार्फत निरन्तर संवाद र सहकार्य गर्न आवश्यक रहेको बताए ।

“हामीले वाणिज्य र आर्थिक क्षेत्रमा थप सहकार्य गर्नु पर्दछ”, उनले भने, “हामी व्यापार, लगानी, पर्यटन, संस्कृति एवं जनस्तरबीच सम्बन्ध विस्तारमा सहकार्य गर्न सक्छौँ ।”

उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानका लगानीकर्तालाई जलविद्युत्, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्दै आएको उल्लेख गरे । उनले जलवायु परिवर्तन र विश्वव्यापी तामक्रम वृद्धिले हिन्दकुश हिमालय क्षेत्रमा प्रतिकूल प्रभाव परेकामा चिन्ता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका कारण सिर्जित प्रतिकूल असर न्यूनीकरण गर्न एकजुट भएर काम गर्नुपर्ने उपराष्ट्रपति यादवले आवश्यकता औँल्याए ।

भेटमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीचको सहकार्यात्मक साझेदारीलाई दुरुस्त बनाउन राजदूतको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे । उनले नेपालमा रहेका प्राकृतिक, पुरातात्विक र सांस्कृतिक सम्पदा धेरै पाकिस्तानी पर्यटकलाई आकर्षित गर्ने खालका भएकाले त्यसको प्रचार–प्रसारमा पाकिस्तान सरकारले सहयोग गर्न सक्ने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो क्रममा पाकिस्तानी राजदूत हासमीले नेपाल र पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः सञ्चालन हुनसके पर्वतारोही एक–अर्को देशमा सहजरूपमा आउजाउ हुँदा पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए । उनले पाकिस्तान सरकारले पाकिस्तान प्राविधिक सहयोग कार्यक्रम (पिटिएपी) अन्तर्गत उपलब्ध गराइरहेको छात्रवृत्तिमा अन्य विषय थप गरेर सङ्ख्या बढाउने तयारी भइरहेको जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रौतहटबाट ७ लाख बढीको ईलेक्ट्रोनिक्स सामान बरामद

रौतहट। रौतहटबाट ठूलो परिमाणमा ईलेक्ट्रोनिक्स सामान बरामद गरिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती करीव

आज पनि शिक्षकहरुको प्रर्दशनले यातायात अस्तव्यस्त, यी हुन् मागहरु

काठमाडौँ। आज पनि शिक्षकहरुले बानेश्वर क्षेत्रमा शक्ति प्रर्दशन गरेका छन्। सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकप्रति असहमति जनाउँदै उनीहरुले

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जोन वाइडेनका बीचमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी

बाँकेको बालसुधार गृहमा झडपः एक जनाको मृत्यु, १० घाइते

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स…

काठमाडौँ । वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको ‘विस एचआर सोलुसन’ प्रालिको इजाजतपत्र (लाइसेन्स नं १४२५र०७४र०७५) खारेज गरेको छ ।

सरकार र शिक्षक महासङ्घबीच आज बिहान पुनः वार्ता हुँदै

काठमाडौँ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच बिहीबार भएको वार्ता सकारात्मक

Techie IT