गृहपृष्ठ ∕
नेपाल ∕
भ्रष्टाचार गरेको ठहरसहित चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध मुद्दा दायर भ्रष्टाचार गरेको ठहरसहित चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलका नापी अधिकृत राजु पुरीविरुद्ध १ करोड ४ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ। आयोगले भ्रष्टाचार गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै नापी अधिकृत पुरीविरुद्ध १ करोड चार लाख बढिको भ्रष्टाचार मुद्दा दायर गरेको हो।
भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा नापी अधिकृत पुरीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२÷०९÷०९ देखि २०७९ असार सम्मको अवधिमा कमाएकोमध्ये १ करोड ४ लाख ३ हजार ९ सय ४१ रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत खुल्न आएको नदेखिकाले आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
अख्तियारका अनुसार पुरीमाथि सोही रकम बराबरको विगो माग दावी गरिएको छ। पुरीले सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गर्नुको साथै अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको ठहर छ।
पुरीले सरकारी सेवामा रहँदाको करिब २७ वर्षमा १ करोड २० लाख ७७ हजार ७ सय ४८ रुपैयाँ आय गरेको तर सोही अवधिमा २ करोड २४ लाख ८१ हजार ६ सय रुपैयाँ खर्च गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। व्ययको तुलनामा निजले प्राप्त गरेको रकम अस्वभाविक र वैधानिक स्रोत खुल्न नआएकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख बमोजिम गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत एवं असुल हुनसमेत मागदावी गरिएको प्रवक्ता दाहालको भनाइ छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र
अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका
ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।
नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै
पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ