Techie IT
२०८१ कात्तिक ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालघरधनी र व्यापारी आन्दोलित

घरधनी र व्यापारी आन्दोलित


हेटौँडा । हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी तथा व्यापारी आन्दोलित भएका छन् ।

उक्त कार्यालयले बारा जिल्लाको पथलैयादेखि हेटौँडासम्म र हेटौँडादेखि नारायणगढसम्मको सडक चौडा र बिस्तार गर्न अतिक्रमित २५ मिटर दायाँबायाँको घरजग्गा हटाउन सूचना निकालेकामा घरधनी र व्यापारीले आपत्ति जनाउँदै कुनै कानुनी आधारविना र सर्वोच्च अदालतको फैसलाविपरीत जबर्जस्ती घर भत्काउन खोजेको आरोप लगाउँदै आन्दोलित भएका हुन् ।

विसं २०३०÷३१ मा हेटौँडा नारायणगढ सडक विस्तार गर्नु अगाडि चितवनदेखि हेटौँडापूर्वको राप्तीपुल नजिक चिनीया क्वाटरको दायाँबायाँसम्मका जग्गाको हेटौँडा कररा पुलका केही घरलाई मात्रै मुआब्जा वितरण गरिएको थियो । त्यसबेला सडक विस्तार गर्न राप्तीरोडदेखि बुद्ध चोक र चौकीटोलदेखि रातमाटेसम्म बजार क्षेत्र भएका कारण स्थानीयवासीले केही बढी मुआब्जा माग गर्दा त्यतिबेलाको कार्यालयले बढी मुआब्जा नदिएकाले मुआब्जा नलिएकामा अहिले २०८० सालसम्म पनि कानुनबमोजिमको मुआब्जा दिने कुनै काम नभएको अवस्था छ ।

विसं २०७४को चुनावअघि पनि उक्त कार्यालयले २५÷२५ मिटर सडक विस्तार गर्न ३५ दिने सूचना निकालेको थियो । संविधानमा उल्लेखित जनताको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुने उल्लेख भए पनि सरकारले संविधानविपरीत प्रहरी प्रशासनको बलमा जबर्जस्ती डोजर लगाएर घर भत्काउन खोजेकाले स्थानीयवासीले आफ्नो घरजग्गाको मुआब्जा पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दा प्रहरीसँग झडप हुनाका साथै सडक डिभिजन कार्यालय डोजर फिर्ता गर्न बाध्य भएको थियो । यसपछि सो सडकका घरधनीले सर्वोच्च अदालतमा रिट दायर गरेकामा २०७९ मङ्सिर २० गतेको आदेशमा उचित मुआब्जा दिएर मात्र सडक विस्तार गर्न भनिएको थियो ।

सर्वोच्च अदालतको आदेशविपरीत सडक डिभिजनले दायाँबायाँ२५÷२५ मिटर सडक खाली गर्न सूचना जारी गरेकाले पीडितले आफ्नो व्यवसाय डुब्ने चिन्ताले आन्दोलन गरेका हुन् ।

सो सडकखण्डका घरधनी तथा व्यापारीसहितको समस्या समाधान गर्न गठित मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा हेटौँडा बसोबास क्षेत्र संरक्षण समितिले उक्त समस्या समाधानका लागि पटक पटक पहल गर्दैआए पनि आश्वासन मात्रै दिने तर कार्यान्वयन नभएको स्थिति थियो ।

यस सम्बन्धमा मकवानपुर उद्योग वाणिज्य सङ्घले मकवानपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन कार्यालय हेटौँडाका कार्यालय प्रमुखसँग छलफल गर्दा सकारात्मक प्रतिक्रया नआएपछि सोही सङ्घको अगुवाइमा स्थानीय घरधनी र व्यापारीको जुलुसले आज जनतालाई सुकुम्बासी बनाउन पाइदैन भन्ने नारा लगाउँदै नगर परिक्रमा गरेको थियो । सो जुलुसले हेटौँडा उपमहानगरपालिकाको प्रमुख र सडक डिभिजन प्रमुखलाई कानुनअनुसार र सर्वोच्च अदालतको फैसलाअनुसार मुआब्जा दिन र त्यसका लागि आवश्यक प्रक्रिया अपनाउन माग गरेकोे थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सय दिनको उपलक्ष्यमा शिक्षामन्त्रीले शिक्षा विधेयकमाथि छलफल गर्ने

काठमाडौँ । संसद्को शिक्षा समितिमा रहेको विद्यालय शिक्षा विधेयकका तिहारपछि छलफल हुने भएको छ । संशोधनकर्ताहरूसँगको छलफल सकिएपछि समितिले तिहारपछि

छविलाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थप ७

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

पोखरा । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश

IEEEXtreme 18.0: विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने

काठमाडौँ । विश्वव्यापी २४-घण्टे कोडिङ प्रतियोगिता हुने भएको छ । विद्यार्थी टोलीहरूबिच जटिल प्रोग्रामिङ चुनौतीहरू समाधान गर्न IEEEXtreme 18.0 IEEE

आलोकनगरस्थित घरको चौथोतलाबाट लडेर एक जनाको मृत्यु

काठमाडौँ । आलोकनगरस्थित एक घरको चौथोतला बाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको

भक्तपुर अस्पताल उत्कृष्ट ठहरियो

भक्तपुर । बागमती प्रदेशका १३ वटा अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालय द्वारा

Techie IT