Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालएनसीआइटिमा प्रविधि र स्टार्टअप परियोजनाहरूको प्रदर्शनी कार्यक्रम सम्पन्न

एनसीआइटिमा प्रविधि र स्टार्टअप परियोजनाहरूको प्रदर्शनी कार्यक्रम सम्पन्न


ललितपुर । नेपाल कलेज अफ इन्फोर्मेसन टेक्नोलोजी (एनसीआइटी)मा शनिबार प्रविधि र उद्यमशीलतामा केन्द्रित एक प्रदर्शनी तथा करिअर मेला आयोजना सम्पन्न गरेको छ । ललितपुरको बालकुमारीस्थित कलेज प्राङ्गणमा आयोजना भएको उक्त प्रदर्शनीमा सूचना प्रविधि र उद्यमशीलताको फ्युजन झल्काउने रोमाञ्चक परियोजनाहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रा डा. दीपक बहादुर भण्डारीले प्रदर्शनीको उत्कृष्टताको प्रशंसा गर्दै सूचना प्रविधि र उद्यमशीलताको निर्वाध एकीकरणलाई बढावा दिन कलेजको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले नेपालको प्राविधिक परिदृश्यलाई आकार दिने भावी उद्यमीहरू तयार गर्न कलेज प्रतिबद्धत रहेको समेत बताए ।

स्टाटअपका लागि निकै आकर्षणको केन्द्र बनेको उक्त कार्यक्रम ५०० बढीले अवकोलन गरेको कलेजले जनाएको छ ।

कार्यक्रम संयोजक विरेन्द्र विस्टले प्रदर्शनीबारे जानकारी दिदैँ भने, इन्जिनियरिङको अन्तिम सेमेस्टरका विद्यार्थीहरूले पूरा गरेका अनुसन्धान परियोजनाहरू र स्टार्टअप आइडियाहरु रहेका छन्। यी परियोजनाहरूले विद्यार्थीहरूको रचनात्मकता र प्राविधिक कौशललाई हाइलाइट गर्नुकासाथै प्राबिधिक योजनालाई व्यवसायमा रुपान्तरण गर्न उल्लेखनीय योगदानको सम्भावना पनि देखाएको छ ।

कार्यक्रममा अवलोकनकर्ताको आकर्षण भर्खरै टेक्नोप्रेन्योरशिप कोर्समा भाग लिएका सफल उद्यमी विद्यार्थीहरूद्वारा विकसित ३७ वटा प्रविधि(सम्बन्धित स्टार्टअप परियोजनाहरूको प्रदर्शनी रहेको थियो ।

एडभान्स टेक्नोप्रिन्योरसिप कोर्सका फोकल पर्सन समुन्द्र पौडेलले कार्यक्रमको रुपरेखामाथि ब्याख्या गर्दै भने, ‘विश्वविद्यालय अनुदान आयोगद्वारा सहयोगप्राप्त यो कार्यक्रमले हरेक विद्यार्थीलाई सफल उद्यमी बनाउँदै नेपालको सामाजिक–आर्थिक प्रगतिमा योगदान पुर्याउनेछ ।’

उनले थपे, हामीले सैद्धान्तिक ज्ञानलाई मूर्त समाधानमा रूपान्तरण गर्ने सम्भावनालाई जोड दिँदै थप प्राविधिक प्रशिक्षण पाठ्यक्रमहरूमी उद्दम्शीलतालाई जोड दिनुपर्छ ।

उनले विश्वविद्यालयहरूलाई आफ्नो पाठ्यक्रममा पनि त्यस्ता पाठ्यक्रमहरू समावेश गर्न आग्रह गरे ।

प्रदर्शकमध्येका एक विद्यार्थी विवेक ढकालले भने, ‘हाम्रो सम्भावना र प्रतिबद्धता आज उच्च भएको छ। मैले जीवनमा अगाडीको मार्गचित्र उद्दमशीलतानै बनाउने निधो गरिसकेको छु ।’

एनसीआईटी स्टार्टअप प्रदर्शनी तथा करियर फेयरले सूचना प्रविधिको क्षेत्रमा नवप्रवर्तन, उद्यमशीलता र सहकार्य प्रदर्शन गरेको व्यवस्थापन विभागका मुस्कान खनालले बताए ।

‘कार्यक्रमले नेपालका युवा प्रतिभा र सृजनशीलतालाई प्रदर्शन गर्दै सहभागी सबैमा प्राविधिक भविष्यको लागि आशा प्रदान गरेको उनले बताए । यो प्रदर्शनीले व्यवसायीहरू र विद्यार्थीहरू बीचको सहयोगी वातावरणलाई बढावा दिएको महसुस भएको छ’, उनले भने ।

प्रदर्शनीको अन्तमा उत्कृष्ट तिन परियोजना इमेज प्रोसेसिंग प्रयोग गरी स्पीड डिटेक्शन र नम्बर प्लेट पहिचान, पीटूपी लेन्डिङ, सेन्सर्ड एपका साथै अन्य राम्रा परियोजनाहरुलाई सम्मान साथै पुरस्कार समेत वितरण गरिएको थियो । प्रदर्शनीमा क्लाउड फ्याक्ट्री, जबस्नाइपर, नेपाल ओपन सोर्स क्लब, भेरिस्क इन्फर्मेशन टेक्नोलोजी, लगपोइन्ट, र स्विफ्ट टेक्नोलोजीज जस्ता आईटी कम्पनीहरूले पनि आफ्ना स्टल मार्फत बिधार्थीहरुसँग विभिन्न किसिमका अन्तरक्रियामा सहभागी भएका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT