Techie IT
२०८२ पुस ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरोहित चौधरी हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ

रोहित चौधरी हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ


विराटनगर। रोहित चौधरी हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका ५ का रोहित चौधरी हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार हत्याको अनुसन्धानका क्रममा बिहीबार धरान र विराटनगरबाट एक–एक जना पक्राउ परेका हुन्। पक्राउ परेका मध्ये एक जना हत्यामा संलग्न व्यक्ती हुन्। अर्का भने हतियार दिने व्यक्ती हुन्।

प्रहरी उपरीक्षक ढकालले पक्राउ पर्नेमा धरानका प्रकाश लिम्बू र विराटनगरका अज्जु भनिने अजय शर्मा रहेको जानकारी दिए। शर्माले हतियार उपलब्ध गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए। चौधरी हत्याकाण्डमा प्रहरीले बुधबार नाईके भनिएका लेटाङ नगरपालिका– १ का दीपक तिम्सिना र धरान १४ का अनसन तामांगलाई पक्राउ गरेको थियो।

थप अनुसन्धानका क्रममा करिब २२ वर्षीय लिम्बूलाई धरान र करिब ३० वर्षका शर्मालाई विराटनगरबाट पक्राउ गरिएको ढकालले जानकारी दिए। उनका अनुसार घटनामा तिम्सिनालगायतको समूहलाई शर्माले हतियार उपलब्ध गराएका हुन्। घटनामा तीन जनाको संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेसंगै हत्याप्रकरणमा जोडिएका अन्यको पक्राउमा प्रहरी खटिएको छ।

गत साउन ५ गते २८ औं जन्मदिन मनाउन विराटनगरबाट भेडेटार, मुलघाटहुँदै विराटनगरस्थित घर फर्कने क्रममा धरानको सेउती पुलनजिक चौधरीमाथि लुटेराहरुले आक्रमण गरेका थिए। बाइक रोकेर बसेको अवस्थामा लुटेराहरुले युवतीले लगाएको सिक्री मोबाइल र पैसा लुटेका थिए। त्यसक्रममा चौधरीले प्रतिकार गरेका थिए। प्रतिकार गर्दा मुख्य नाइके तिम्सिनाले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT