Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालखोटाङमा लम्पी स्किन : ७३६ गाईगोरु मरे

खोटाङमा लम्पी स्किन : ७३६ गाईगोरु मरे


खोटाङ । देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा ७३६ वटा गाईगोरु मरिसकेका छन्।

कृषकले पालेका पशुचौपायमा गत चैत पहिलो साता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा ४३१ वटा गाईगोरुमा प्रकोप देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ।

१० स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिए।

पछिल्लो एक हप्ताको अवधिमा १४ भैँसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको जिल्लामा एउटा मरेको जनाइएको छ । मुख्यगरी खेतबारी जोत्न र प्राङ्गारिक मल उत्पादनका लागि जिल्लाका किसानले पालेका गाईरगोरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा कसैको ध्यान नपुगेको जिल्लावासीको भनाइ छ । महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगका कारण जिल्लाका कतिपय कृषकको गोठ नै रित्तिएको पाइएको छ ।

लम्पी स्किन रोगविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत असार २४ गते प्रत्येक स्थानीय तहलाई रु एक लाखका दरले बजेट उपलब्ध गराएको थियो। देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्ने उद्देश्यले अतिप्रभावित क्षेत्रमा तत्काल खोप तथा औषधि उपलब्ध गराउन भन्दै मन्त्रालयले ७५३ वटै स्थानीय तहको खातामा रकम उपलब्ध गराएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा साकेला र रावाबेँसी गाउँपालिकाले मात्रै मन्त्रालयले उपलब्ध गराएको उक्त निकाल्न सफल भएको पाइएको छ। असार २५ गतेदेखि देशभर एकैसाथ आर्थिक कारोबारसम्बन्धी सर्भर बन्द भएका कारण जिल्लाका अन्य स्थानीय तहले उक्त रकम निकासा गर्न नपाएको जनाइएको छ।

लम्पी स्किन रोगको महामारीले गाईरगोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाइँसमेत प्रभावित भएको किसानले बताएका छन्। खेत तथा बारी जोत्ने प्रविधि ९हाते ट्र्याक्टर० कममात्र भित्रिएको जिल्लाका अधिकांश कृषकले आफैँले पालेका हलगोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका छन्। रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT