Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालगौ हत्या नियन्त्रण गर्न नरैनापुर गाँउपालिकाको अनुरोध

गौ हत्या नियन्त्रण गर्न नरैनापुर गाँउपालिकाको अनुरोध


नरैनापुर। बाँकेको नरैनापुर गाँउपालिकामा गौ हत्याको घट्ना बढ्न थाले पछि गाँउपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नरैनापुर गााउपालिकाको शुक्रबार बसेको गाँउकार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नहरुको पहिचान गरी कडा भन्दा कडा कारवाहि गर्न र आगामी दिनमा यस्ता घट्ना दोहोरीन नपाओस भनेर गौ हत्यामा संलग्न भएको प्रमाणित भए १ वर्ष सम्म गाँउपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए।

पालिकाको आज बसेको बैठकले गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने सूचकलाई हत्यारा प्रमाणित भए १५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय गर्नुका साथै गौ हत्या नियन्त्रण गर्न सम्बन्धी सूरक्षाकर्मीहरुलाई गाँउपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकिय अधिकृत खरालले बताए।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अधर्मी, अमानवीय कार्य गर्ने अपराधवादी तत्वहरुले एक पछि अर्को गर्दै नरैनापुरको सदभावलाई खलल पुर्याउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा चलखेल गरी रहेको बताउदै गौ हत्या जस्तो जघन्य अपराधले गाँउपालिकालाई मर्माहित बनाएको बताए। उनले गौ हत्यामा संलग्नलाई नियन्त्रणमा लिई कडा कारवाही गर्न सम्बन्धीत निकाय संग अपिल गर्नु भयो।

अध्यक्ष शाहले सर्वप्राणी रक्षार्थ लाग्न सबै संग अपिल गर्दै स्थानीय सरकार राष्ट्रिय जनावरको रुपमा रहेको गाईका विषयमा गम्भीर रहेकोले अपराधीक कार्यलाई जाति धर्म संग नजोडि मानवीय नाताले अपराध नियन्त्रण गर्न तर्फ लाग्न सम्बधीत सबै पक्ष संग अपिल गर्नु भयो।

नरैनापुर गाँउकार्यपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मार्य, वडा सदस्यहरु र प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल लगायतको सहभागिता रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT