गृहपृष्ठ ∕
नेपाल ∕
मकवानपुरमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु र ६ जना बेपत्ता मकवानपुरमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु र ६ जना बेपत्ता

सांकेतिक फाेटाे
मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिका ५ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु र ६ जना बेपत्ता भएका छन् । बागमती गाउँपालिका ५ भोर्लेनीस्थित सिक्रे दोभानमा भल बाढीसहित आएको पहिरोले बगाएर काभ्रे घर भएका सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो ।
बागमती गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष विजयकुमार भ्लोनका अनुसार पहिरासँगै बगेको घरलाई घर नजिकै रहेको खोलामा आएको बाढीले बगाएको थियो । पहिरोमा परेर गम्भीर भएका अन्दाजी ५५ वर्षीया स्याङ्तानको मङ्गलबार स्थानीय भोर्लेनीस्थित मेडिकलमा उपचारको क्रममा मृत्यु भएको वडाध्यक्ष भ्लोनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पहिरोमा परेर अक्कलबहादुर स्याङ्तान, निजका ज्वाइ जीवन पहरी, छोरी शिला पहरी स्याङ्तान, चार वर्षीय नाति, डेढ वर्षीया नातिनी र पाउन बसेका पासाङ घिसिङ बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको र बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय
काठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर
काठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि
काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे