Techie IT
२०८२ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालटल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ भएको पुष्टि

टल्कने ढुंगा ‘क्वार्ज क्रिस्टल’ भएको पुष्टि


काठमाडौँ। गोरखा नगरपालिका– ७ सतिपिपलका राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको टल्कने ढुंगा जेम्सस्तरको क्वार्ज क्रिष्टल भएको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको टिमले यस्तो पुष्टि गरेको हो।

दुईदिन लगाएर विभागका भूगर्भविद्को टोलीले नमूना परीक्षण गरेपछि सो ढुंगा क्वार्ज क्रिस्टल नै भएको पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए। साथै सो टोलीले गरेको परीक्षण प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको छ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र एसपी अनुपम श्रेष्ठलाई नमूना परीक्षणपछिको प्रतिवेदन बुझाएका छन्।

विभागकी भूगर्भविद डाक्टर सुस्मिता भण्डारीले उक्त ढुंगा महत्वपूर्ण र बहुमुल्य रत्नपत्थर भएको बताइन्। भूगर्भविद्को टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो। संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद डाक्टर भण्डारीले उक्त कडापनका आधारमा उक्त चट्टान ७ औं नम्वरमा रहेको जानकारी दिए। कडापनका आधारमा हिरा १० औं नम्वरमा पर्ने उनको भनाइ छ।

५२ किलो ३ सय ३० ग्राम तौलको एउटै चट्टान भेटाउन पनि मुस्किल पर्ने उनले बताए। प्रहरीले गोरखा नगरपालिका ७ सतिपिपलबाट गत असार १४ गते उक्त ढुंगा बरामद गरेको थियो। लाखौं रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाई भैरहेको सूचनाका आधारमा ढुंगा राखिएको घरमा छापा मारेर बरामद गरिएको हो।

जिल्लास्थित विभिन्न सामाजिक संघसंस्थाले उक्त ढुंगालाई गोरखा दरवार परिसरमा स्थापना गर्नुपर्ने माग गर्दै आएका छन्। ढुंगाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो। सोही आधारमा विभागले भूगर्भविद् डाक्टर सुस्मिता भण्डारी र दुर्गा बोलाखेलाई गोरखा पठाएको हो।

उक्त क्वार्ज क्रिष्टल मुख्य रुपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ। घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरुमा पनि आंशिक रुपमा क्वार्ज क्रिष्टलको प्रयोग हुने गरेको भूगर्भविद् भण्डारीले बताइन्।

अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ। खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा उल्लेख गरिएको छ। विभागको अनुमति नलिई कसैले पनि यस्ता खनिज पदार्थ उत्खनन् संकलन गर्न नपाइने र गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी प्रावधान रहेको भूगर्भविद् भण्डारीको भनाई छ।

विभागको टोलीसँगको भेटमा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले ऐतिहासिक र धार्मिक हिसावले उक्त पत्थरलाई गोरखामै राख्नु पर्ने बताए। जिल्लास्थित दर्जन बढी सामाजिक संघसंस्थाले पनि उक्त पत्थरलाई गोरखा दरवार परिसरमा स्थापना गरि संरक्षण गरेर राख्नुपर्ने माग गर्दै आएका उनको भनाई छ।

गोरखामै राख्नेबारे नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गर्नका लागि समय चाहिने भएकाले तत्काल प्रहरी कार्यालयमै रहने ब्यवस्था मिलाउन पनि नगरप्रमुख रानामगरले विभागका भूगर्भविद्हरुलाई आग्रह गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT