Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालयुवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति: प्रधानमन्त्री

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति: प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज (शनिबार) यहाँ आयोजना गरेको कार्यक्रममा उनले भिडियोमार्फत सम्बोधन गर्दै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताए ।

साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने बताए । उनले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन सरकारले राष्ट्रिय युवा नीति, २०७२ जारी गरी लागू गरिसकेको बताए ।

पछिल्लो पटक युवामा राजनीतिप्रति चासो बढ्दै गएको उनको भनाइ थियो । “राजनीति देश र जनताको हितमा केन्द्रित गर्नुपर्ने हुन्छ”, उनले भने । राष्ट्रिय युवा परिषद्ले राजनीतिमा युवा आकर्षणका साथै उत्पादन, रोजगारी र श्रमशीलता तथा आत्मनिर्भरका क्षेत्रमा समेत महत्त्वपूर्ण पहल लिइ बढ्दो पलायन रोक्न ठोस पहल गर्ने प्रधानमन्त्रीले बताए।

परिवर्तनको संवाहक मानिने युवा भविष्यको मार्गचित्रसमेत भएको भन्दै उनले समुन्नत राष्ट्र निर्माणमा युवा समूहको अतुलनीय योगदान रहेको बताए । उनले यस वर्षको युवा दिवसले दिगो विकासप्रति सचेत रहन युवालाई थप जिम्मेवारी सुम्पेको बताए । दिवसले युवामा रहेको क्षमता उजागरण गर्ने मौका प्रदान गर्दै दिगो विकासको लक्ष्य सार्थक बनाउन तथा अगाडि बढ्न उत्पे्ररित गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

युवामा रहेको ज्ञान, सीप दक्षता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालन गर्दै समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्न केन्द्रित हुने उनले धारणा राखे । विश्वव्यापीरुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र कार्बनडाइक्साइडको उत्र्सजनलाई कम गर्न हरेक क्षेत्रबाट प्रयत्न हुन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अतिगर्मी, सुख्खाको परिमाण विश्वभरि नै देखिन थालेको परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याई कार्बनडाइक्साइड, मिथेन र अन्य हरित ग्यासको उत्र्सनमा कमी ल्याउन जरुरी रहेको बताए ।

“हाम्रो हिमशृङ्खलामा हिउ पग्लिएर कालापत्थर मात्र देखिन थालेको परिस्थितिमा हाम्रो विकास निर्माणसम्बन्धी दृष्टिकोणलाई प्रकृतिमैत्री र दीर्घजीवी बनाउन जरुरी छ”, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले यसै आर्थिक वर्षलाई सरकारले युवा उद्यमशीलता वर्षका रुपमा मनाउन घोषणा गरेको उल्लेख गर्दै नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउनका निम्ति सहुलितयपूर्ण कर्जा, युवामैत्री लगानी निर्माण, नवप्रवर्द्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताए।

राष्ट्रिय युवा नीति युवा केन्द्रित कानुन र नेपाल सरकारले दिएको जिम्मेवारी तथा निर्देशनलाई परिपालन गर्दै सीमित स्रोत साधनका बाबजुद पनि युवा नेतृत्व विकास र युवा नवप्रवर्द्धनलगायत गतिविधिमा परिषद्ले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । यस वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT