Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo

प्राग। गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरुले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन्।

चेक रिपब्लिकको राजधानी प्रागमा गत आइतवार आयोजित सम्मेलनमा बोल्दै विज्ञ राकेशचन्द्र प्रजापतिले नेपालको विश्वबजारमा हालसम्म सेटलाइट क्षेत्रमा रहेको पहुँचको बारेमा आफ्ना भनाइ राखेका थिए। उनले नेपालमा स्पेश टेक्नोलोजी सम्बन्धी अध्ययन र अध्यापन गर्न जनशक्ति कम रहेको बताए। उनले सन् २०२४ मा नेपालले सेटलाइट बनाउने तयारी गरेको बताए।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा भौतिकशास्त्री डा. हेमराज शर्माले विदेशमा सिकेको ज्ञान र सिप नेपालमा लैजानको लागि आवश्यक वातावरण बन्नु पर्नेमा जोड दिए। उनले नेपालमा अहिलेको अवस्थामा आर्थिक लगानीका अतिरिक्त प्रविधि भित्राउन अभियानमा लाग्नु पर्ने बिचार व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिप तथा ज्ञान ट्रान्फरको लागि पुस्ताको प्राथामिकतामा निर्भर हुने बताए। उनले नेपालको विकासको लागि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र राष्ट्र समृद्धीको बाटोमा लाग्ने बताए। उनले विदेशमा बस्ने नेपालीहरुलाई आफूले सिकेको ज्ञान र सिप नेपालको नीति निमार्णमा सदुपयोग गर्न आग्रह गरे। उनले नेपालमा अहिले सुशासन आवश्यक रहेको बताए।

कार्यक्रममा डा. बोधराज सुवेदी, डा. कृष्ण सापकोटा, डा. असिम अधिकारी, हरिकृष्ण न्यौपाने, भोजराज शर्मा, आरके त्रिपाठीलगायतका वक्ताहरुले नेपालमा सिप र ज्ञान ट्रान्फरमा जोड दिए।

एनआरएनए यूरोपेली सम्मेलनः ६ लाख प्रवासी नेपाली लगानीकर्ता धितोपत्र बजारमा जोडिने

गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालको समृद्धिको लागि नेपालमा लगानीमा जोड दिएका छन्।

कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा समस्या रहेको बताउँदै विदेशी लगानीमा न्युनत २ करोडको सिलिङ्ग तोकिनु व्यवहारिक नभएको बताए।

उनले संघले अघि सारेको १० अर्ब लगानीको परियोजनामा सा–साना लगानीकर्ताहरु जोड्ने उद्देश्यले सामूहिक लगानीको परियोजना अघि सारिएको बताए। उनले निकट भविष्यमा सो फण्डमा न्यूनतम २ सय ५० डलर लगानी गर्नसक्ने नेपालीलाई जानकारी दिने उद्देश्यले रोड शोको आयोजना गरिने जानकारी दिए। डा। केसीले गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न केही ऐन तथा कानूनहरुमा अझै पनि संशोधनको आवश्यक रहेको बताए।

समृद्धिका लागि गैरआवासीय नेपालीहरुको संयुक्त लगानी विषयको अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले कार्यक्रममा बोल्दै नेपालमा आर्थिक लगानीका अतिरिक्त ज्ञान र सिपसमेत भित्र्याउन जोड दिए। पन्तले गैरआवासीय नेपालीहरुको दर्दिखोला जलविधुत आयोजनामा भएको सामूहिक लगानी सफल भएको चर्चा गरे।

उनले विदेशमा रहेका नेपालीहरुको ससानो पुँजीलाई देशको समृद्धिका जोड्नको लागि नेपालमा १० अर्बको लगानी परियोजना अगाडि सारिएको बताए। पन्तले १० अर्ब लगानीमा भएको साना लगानीबाट पनि ठूलो मुनाफा हुने जिकिर गरे। पन्तले विदेशमा बस्ने ६ लाख नेपालीलाई लक्ष गरी आइपीओ जारी गर्न लागिएको जानकारी दिए। उनले गैरआवासीय नेपालीहरुको सयुक्त लगानीमा स्थापना गरिएको एन.आर.एन नेपाल डेप्लोमेन्ट फण्डमा ढुक्क भएर लगानी भित्र्याउन आग्रह गरे।

एन.आर.एन नेपाल डेप्लोमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईले नेपाल सरकारले गैरआवासीय नेपालीको लगानीलाई स्वीकृत गर्ने, लेखांकन गर्ने र न्यूनतम सिमा सहजिकरण गरेको बताए। उनले गैरआवासीय नेपालीहरुले १० अर्बको फण्डमा लगानी गर्न चाहना राखेमा २ सय ५० डलरबाट सुरु गर्न सक्ने बताए।  भट्टराईले १० अर्ब फण्डको लागि सर्वसाधारणको लगानीको लागि धितोपत्र बजारमा ६ महिनाभित्र जाने गरी काम थालिएको बताए।

अष्ट्रियाका लागि नेपाली राजदूत भरतराज रेग्मीले गैरआवासीय नेपाली संघले भूकम्प, कोभिड जस्ता प्राकृतिक प्रकोपको बेला देशको लागि ठूलो सहयोग गरेको चर्चा गरे। उनले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए। उनले गैरआवासीय नेपालीहरुको आर्थिक डिप्लोमेसी, पर्यटन प्रर्वधन लगायतका क्षेत्रमा ठूलो सहयोगको अपेक्षा नेपाल सरकारको रहेको बताए।

कार्यक्रममा महिला व्यवसायी अनुजा प्रधानले गैरआवासीय नेपाली महिलालाई व्यवसायी बनाउने नीति ल्याउन जोड दिइन्। उनले आफ्नो बैंक खातामा भएको पैसा लगानी गर्न आग्रह गर्दै समृद्ध हुनको लागि एक मात्र विकल्प लगानी भएको बताइन्।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले खाडी क्षेत्रमा नेपालीहरुले बगाएको पसिनालाई सदुपयोग गर्ने तर्फ नेपाल सरकारको ध्यानकर्षण गराए। उनले श्रमिकहरुलाई मात्र सामूहिक लगानीमा जोड्न सके मात्र ८० अर्बसम्मको लगानी भित्र्याउन सकिने बताए। उनले १० अर्बको लगानी समृद्ध नेपालको लागि पहिलो खुडकिलो भएको बताए।

संघका प्रवक्ता शिवकुमार बरुवाले संचालन गरेको कार्यक्रममा संघका उपाध्यक्षहरु महेशकुमार श्रेष्ठ, आरके शर्मा, राज रेग्मी, अनुजा प्रधान लगायतले आआफ्ना भनाइ राखेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT