Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनिर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना प्रहरी नियन्त्रणमा

निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना प्रहरी नियन्त्रणमा


काठमाडौँ। ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागबाट निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना प्रहरी नियन्त्रणमा परेका छन्। विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहका अनुसार उनीहरूलाई प्रहरीले ताला लगाउनबाट रोक्न खोजेको थियो।

तर, जबरजस्ती ताला लगाएको भन्दै प्रहरीले दुई कार्यालयबाट ४५ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले तालाबन्दीसँगै ती कार्यालयमा धर्ना पनि दिएका थिए।

निर्माण ब्यवसायीहरुले सरकारसँग काम गरेबापतको रकम भुक्तानीको माग गरेका छन्। त्यस्तै ठेक्काको म्याद थप गर्नुपर्ने पनि उनीहरूको माग छ।

उनीहरूले यस्ता माग राखेर काठमाडौंमा सिठी जुलुस, डोजर जुलसलगायत गरिसकेका छन्। महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT