Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईलाई सोधपुछसम्म नगरेकोमा एमालेको आपत्ति

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईलाई सोधपुछसम्म नगरेकोमा एमालेको आपत्ति


काठमाडौँ। नेकपा एमालेले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई सोधपुछसम्म नगरेकोमा आपत्ति जनाएको छ। आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले आपत्ति जनाएका हुन्।

सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपनि हालसम्म नेपाल र भट्टराईलाई सोधपुछसम्म नगरेकोप्रति एमालेले आपत्ति छ। यसबारेमा गौतमले भने,‘ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट भूमिका खेल्ने पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई अदालतबाट निर्देशनात्मक आदेश हुँदा पनि आजसम्म सामान्य बयानसम्म गराउन सकेको छैन। यस कारणले पनि सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबीन समिति बनाउनुपर्नेमा जोड दिएका छौं।’

उनले सरकारले सत्तापक्ष र विपक्षलाई फरक व्यवहार गरेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुर महानगरले नदी किनारमा बनाएका अवैध घर टहरा हटायाे

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान

कोकिनसहित काठमाडौँबाट एक विदेशी महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागूऔषध कोकिनसहित काठमाडौँ बाट एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसियाको जोहोर बस्ने

डेंगी संक्रमितको संख्या १५ सय नाघ्यो

काठमाडौँ । देशभर डेंगी संक्रमितको संख्या एक हजार ५०० नाघेको छ । सन् २०२४ जनवरीयता जुलाई ११ सम्म एक हजार

निर्मला पन्त प्रकरणमा नतिजा आउनै लागेको छ: रवि लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् ।

त्रिशूलीमा बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

चितवन । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९

सल्यान कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन

काठमाडौं ।कृषि उत्पादन वितरणलाई सहज बनाउन सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । कृषिजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणका

Techie IT