Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालबरामद सुन ६० किलो सात सय ८९ ग्राम

बरामद सुन ६० किलो सात सय ८९ ग्राम


काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ ।

ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल रहेको र त्यसमा केही कालो पदार्थसमेत मिसिएकाले यो प्रारम्भिक तौल मात्रै भएको नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले बताए ।

उका अनुसार आज बिहान १०ः३० बजेदेखि भने गाल्ने काम सुरु हुनेछ । त्यसपछि आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए ।

महाशाखा प्रमुख आचार्यले एक दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा तीन दिन लाग्ने बताए । उनले सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया सुरु भएको बताए ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो ।

उन्नाइस दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिइएको थियो । सिआइबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायतका प्रक्रिया थालिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT