Techie IT
२०८० असोज १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालकृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख

कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख


भरतपुर । नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उनले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले मासिक रु एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

झन्डै डेढ करोडको लगानीमा पौडेलले शुभलक्ष्मी कृषि तथा पशुपक्षी फार्म सुरु गरेका हुन् । विसं २०७२ देखि सुरु भएको उहाँको फार्ममा अहिले कुखुरा, हाँस, माछा, बाख्रा, गाईभैँसी छन् । उहाँको फार्ममा अहिले झन्डै पाँच हजार ब्रोइलर कुखुरा र तीन सय स्थानीय जातका कुखुरा छन् । यस्तै दुई कठ्ठामा निर्माण गरिएको पोखरीमा पौडेलले माछा पालेका छन् ।

गाईपालनबाट कृषि पेसा सुरु गरेका उनले केरासमेत व्यावसायिकरूपमा लगाउनुभएको थियो । पछि जनशक्ति अभावका कारण गाईपालन, बाख्रा र केराखेती कम गर्दै उनले कुखुरा, हाँस र माछापालनमा जोड दिए ।

कृषि पर्यटनको अवधारणास्वरुप उनले फार्म निर्माण गर्नुभएको हो । फार्ममा पाहुनालाई समेत ल्याउन मिल्ने गरी संरचना तयार गरिएको छ । “यहाँ आउने पर्यटकले आफैँ माछा मारेर खान पाउनुहुन्छ”, उनले भने, “लोकल कुुखुरा आफँ पकाएर खान सकिन्छ । उनको फार्म छ हजार ब्रोइलर र एक हजार लोकल कुखुरा अट्ने क्षमताको छ ।

पौडेलले माछाका लागि भुरा उत्पादन आफैँ गर्नुहुन्छ । “माछामा त्यति धेरै लगानी छैन । सुरुमा लगानी भयो, अहिले नियमित प्रतिफल दिइरहेको छ”, उनले भने । माछामा लगानीको १५ प्रतिशत पनि खर्च नहुने उहाँको भनाइ छ । कुखुरा र गाईवस्तुले फालेका दाना माछालाई खुवाउने गरेको पौडेलले बताए । उनले वार्षिक तीन क्विन्टल माछा निकाल्ने गरेको जानकारी दिए । उनको पोखरीमा कमनग्रास र सिलर्भर जातका माछा छन् ।

पौडेलको फार्ममा जडीबुटी खेतीसमेत छ । उनले दुई हेक्टर जमिनमा हर्रो, बर्रो, अमला, टिमुर, सिल्टिमुरलगायतका जडीबुटी लगाएका छन् । उनले कबुलियत मृगस्थली वनको जमिनमा जडीबुटी खेती गरेका हुन् । यसका लागि जिल्ला वन कार्यालयले रु दुई लाखसमेत दिएको थियो ।

कृषि फार्ममा नियमित तलब दिएर कामदार राखिएको छैन । “सबै काम श्रीमान्–श्रीमती मिलेर गर्ने गरेका छौँ”, उनले भने, “आवश्यकतानुसार ज्यालादारी कामदार खोजेर लगाउने गरेका छौँ ।” बैंकबाट ऋण लिएर कृषि पेसामा लाग्नुभएका शिवले फार्मकै आम्दानीबाट ऋण तिरेको बताउँछन् । उनले यो फार्मलाई अब कृषि पर्यटनका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।

अहिलेसम्म राज्यको कुनै पनि निकायबाट सहयोग नलिएको उनी बताउँछन् । “कृषि पेसा चुनौतीपूर्ण छ”, उनले भने, “कहिले के हुन्छ भन्ने ठेगान नै हुँदैन ।” कृषि पेसा आशाको पेसा भएको भन्दै उनी वातावरण, बजार र मूल्यमा भर पर्ने बताउँछन् । “ब्रोइलरको दाना र चल्लाको मूल्य कहिल्यै घट्दैन । मासुको मूल्य सधैँ तलमाथि हुन्छ”, उनले भने, “भुस किन्न पनि महँगो छ ।” किसानलाई प्राकृतिकरूपमा आउने विपत्ति र बजारीकरणको समस्या रहेको उनी बताउँछन् । उनले ठूला व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण साना किसान समस्यामा पर्ने गरेको गुनासो गरे ।

कृषि पेसाअघिका सङ्घर्ष

पौडेल रोजगारीका लागि नेपालमै केही गर्न सकिन्छ भनेर विभिन्न पेसामा लागे । उनले कुरिनटारमा चार वर्ष पुस्तक पसलसमेत सञ्चालन गरे । तर भनेजस्तो आम्दानी नभएपछि अन्य युवाजस्तै उहाँ विदेशिन बाध्य भए । उनी कतारमा चार वर्ष बसे । तर आम्दानी भने सोचेजस्तो हुन सकेन । कतारको मरुभूमिमा पनि हरियाली देखेका पौडेलले नेपालमा केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर घर फर्किए । उनले कृषि पेसामा प्रशस्त सम्भावना देखेर आफ्नै पुख्र्यौली जमिनमा व्यावसायिकरूपमा कृषि गर्न थाले ।

विसं २०७२ देखि फार्म दर्ता गरेर व्यवसाय थाल्नुभएका पौडेल आफ्नो कामप्रति गर्व गर्छन् । उनले छोरालाई डाक्टर र छोरीलाई नर्स पढाउनुभएको छ भने परिवारलाई खुसी राखेका छन् । छोराछोरीले छात्रवृत्तिमा नाम निकालेको भन्दै उनले वार्षिकरूपमा हुने आम्दानीले आफू सन्तुष्ट रहेको बताउए । “कृषि पेसाले मानिसलाई सन्तुष्टि पनि दिन्छ”, उनले भने, “अग्र्यानिक खानेकुरा खान पाइने भएकाले स्वस्थ्य पनि भइन्छ ।”

उनलाई यतिबेला बजारको खासै समस्या छैन । नजिकै रहेका मुग्लिन, कुटिनटार र फिस्लिङबाट उनले उत्पादन गरेका वस्तु बिक्री हुन्छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको तालिम शिक्षालयमा पनि उनले उत्पादन गरेका वस्तु लैजाने गरिएको छ ।

सरकारले उत्पादित कृषिका सामग्रीलाई बजार व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने उहाँको माग छ । “सरकारले कृषिमा उत्पादन र कृषिलाई विस्तार गर्न वार्षिकरूपमा अनुदान रकम बाँड्दै आएको छ । तर कृषकसम्म अनुदान रकम पुग्दैन । वास्ताविक कृषक अनुदानबाट बञ्चित छन्”, उनले भने, “कृषकका लागि ल्याएको कृषि अनुदान किसानले पाउँदैन । यो कतिसम्म विडम्बनाको विषय हो । सरकारले कृषि पेसामा लागेका कृषकलाई उत्साह होइन, विस्थापित गर्न मात्र खोजिरहेको देखिन्छ ।”

युवालाई सुझाव

कामको खोजीमा विदेशिनेहरूलाई स्वदेशमै उद्यम गर्न उनको सुझाव छ । “विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”, उनले भने, “त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।” रोजगारीका लागि विदेशिने युवालाई विदेश जाने पैसाले यहीँ लगानी गरेर पसिना बगाए यहीँ मनग्य आम्दानी गर्न सकिने पौडेलको सुझाव छ ।

स्थानीय सरकारले पनि आफ्नो गाउँठाउँमा भएका उत्पादनको प्रवर्द्धनमा जोड दिनुपर्ने पौडेल बताउँछन् । कृषि पेसामा आउन चाहने युवालाई बजारसँग जोडिएर काम गर्न पौडेलको सुझाव छ । “कृषि पेसामा चुनौतीका बाबजुद पनि आशाका किरण प्रशस्त छन्”, उनी भन्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण

काठमाडौँ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ।ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा. मनिष खड्कामाथि आइतबार बिहान आक्रमण भएको

‘अटोमेसन’ आयल निगमको एकाधिकार होइनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचलित मूल्य प्रणाली अर्थात् ‘अटोमेसन’ भनेको आयल निगमको एकाधिकार नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा

डिल्ली आचार्यको संयोजकत्वमा सुन तस्करी प्रकरणको उच्चस्तरीय समिति गठन

काठमाडौँ। सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले

टोखामा ‘प्रथम कर सप्ताह’ सुरु

काठमाडौँ। टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ। ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने

प्रधानमन्त्री बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो १२ः३० बजे बोलाइएको हो। बैठकमा सुन प्रकरणमा उच्च

यसवर्षको मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई, मुखियालाई जगदम्बा श्री पुरस्कार

काठमाडौँ। यस वर्षको मदन पुरस्कार आख्यानकार विवेक ओझाको उपन्यास ऐँठनले पाउने भएको छ। मदन पुरस्कार गुठीको आजको बैठकले ऐँठनलाई मदन

Techie IT