Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालश्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले चान्दमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ ।

सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चान्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा पनि भारतीय धार्मिक पर्यटकको भीड लाग्ने गरेकाले साविककै जस्तो व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। यस वर्ष भदौ १४ गतेसम्म चान्द्रमासअनुसार साउन शुक्ल पक्ष परेको छ ।

यसबीचमा भदौ ४ र ११ गते गरी दुई दिन सोमबार परेको छ । दुवै सोमबार महाशिवरात्रि र तीज पर्वकै जस्तो व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिए । अधिकमास परेकाले सौरमासअनुसार साउन महिनामा सोमबारको व्रत गर्ने, नगर्ने भन्नेमा धर्मशास्त्रीबीच नै मतान्तर भएको थियो । प्रत्येक वर्ष साउन महिनाको सोमबार गरिने व्रत नित्य भएकाले अधिकमास परे पनि व्रत गर्नु हुने तर्क एकथरी धर्मशास्त्रीको थियो ।

अर्काथरी धर्मशास्त्रीले अधिकमासका बेलामा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले साउने सोमबारको व्रत गर्न नहुने तर्क गरेका थिए । मतान्तरबीच सौरमासअनुसार साउन महिना सकिए पनि श्रावण शुक्ल पक्षभर पनि पशुपति क्षेत्रमा विशेष व्यवस्था गर्न लागिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको

कांग्रेससँग सहमतिको प्रयास भइरहेको भन्दै बैठक ढिला गर्न सभामुखलाई प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरि कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले संसद बैठक केहीबेर ढिला गर्न

नक्कली डाक्टरसहित दुई जना पक्राउ

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्ष

Techie IT