Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने


भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो ।

प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको रामप्रसादराई गाउँपालिका–६ का वडाध्यक्ष एकराज आचर्यले जानकारी दिए । यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष आचर्यको भनाइ छ ।

“हाम्रो ठाउँको प्रसिद्ध धार्मिकस्थल नागछाँगाको संरक्षणमा जुटेका छौँ”, उनले भने, “यो संरक्षण तथा प्रचार–प्रसार गर्नका लागि भदौ ४ गते मेलाको आयोजना गरेका छौँ । यसलाई प्रत्येक वर्षको नागपञ्चमीमा लगाउने निर्णयसमेत गरेका छौँ । यसले यो क्षेत्रको प्रचार– प्रसारमा टेवा पुर्याउने हाम्रो लक्ष्य हो ।”

यहाँसम्म पुग्ने बाटोलाई श्रमदानमार्फत मर्मत तथा सरसफाइ गरिने वडाध्यक्ष आचार्यले बताए । नागछाँगा, गङ्गाखोला, गोल्मेभिर, थामडाँडा लगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचार–प्रसारमा वडा कार्यालयले काम गरिएको उनको भनाइ छ ।

नागछाँगाको किंवदन्तीको खोज तथा अनुसन्धान गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ । “परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किंवदन्ती पनि छ”, उनले भने, “नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको बूढापाकाले बताउने गरेका छन् । यसको किंवदन्तीको खोजीमा लागेको छौँ ।”

दुई वडाको सिमनामा रहेको यो स्थानमा विकासमा एक भएर लागेको वडा नं २ का वडाध्यक्ष राजकुमार तामाङले बताए । स्थानीयस्तरका धेरै मानिस यो ठाउँको महत्वका विषयमा जानकार भए पनि बाह्यरूपमा चिनाउन नसकिएको उनको भनाइ छ । यसको प्रचार–प्रसारका लागि विभिन्न गतिविधिलाई अघि बढाइएको उनले जानकारी दिए । हेर्दा नै यो ठाउँ अनौठो रहेको उनले बताए ।

ढुङ्गाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयको भनाइ छ । ढुङ्गाभरि जेलिएका नागको चित्र देखेर जो–कोही पनि अचम्मित हुने गरेका छन् । हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गरेको छ ।

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकाले नागछाँगालाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । अहिले पनि गाउँपालिकाले आवश्यक संरचना निर्माणको काम गरिरहेको उनको भनाइ छ । यसको थप विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेकाले सोहीअनुसार विकासको काम अघि बढाउने अध्यक्ष राईले बताउए ।

“नागछाँगा एउटा प्रकृतिको उपहार हो”, अध्यक्ष राईले भने, “यो हाम्रो गाउँपालिको सम्पत्ति पनि हो । यसको संरक्षणमा हामीले ध्यान दिँदै आएका छौँ । यसको पर्याप्त प्रचार–प्रसार हुनसकेको छैन । यहाँको महत्वलाई चिनाएर एक धार्मिक पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने हाम्र्रो योजना छ ।”

गाउँपालिकाकाले नागछाँगासँगै पर्यटकीय क्षेत्र बेहेरेश्वर मन्दिर, पामखाङ्ग भञ्याङ, चुलाचुली गुफालगायत स्थानको पनि विकासमा ध्यान दिएको राईले बताए । स्थानीय स्रोत साधनको विकास तथा विस्तारमा गाउँपालिकाले योजनाबद्धरूपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले बताए । रामप्रसाद राईको जन्म भएको स्थान रहेकाले यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम भइरहेको उपाध्यक्ष राईको भनाइ छ । पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर नागछाँगालाई गाउँपालिकाको आयस्रोतमा जोड्ने उनले बताए ।

“हाम्रो गाउँपालिका धेरै पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक स्थानीय तह हो”, उनले भने, “यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरेर राम्रो आम्दानी लिन सकिने अवस्था छ । यस्ता ठाउँको विकासका लागि काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको विकास गर्दै यसलाई स्थानीयको आयस्रोतसँग जोड्ने हाम्रो लक्ष्य छ ।” नागछाँगा सरमुकामबाट करिब एक दिनको पैदल दूरीमा अवस्थित छ । यो छाँगाको उचाइ करिब ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सहकार्यताको लागि सम्झौता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । ब्रिटिस

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

Techie IT