गृहपृष्ठ ∕ नेपाल ∕ भक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरारभक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरार नेपालीपत्र सोमबार, २०८० भदौ ४ गते, १६:१९ मा प्रकाशित नेपाल काठमाडौँ। भक्तपुरको बाल सुधारगृहको ढोका फोडेर १५० बढी बालबालिका फरार भएका छन्। सानोठिमीस्थित युसेफको बालसुधार गृहको ढोका फोडेर सोमबार दिउँसै अपराधमा मुछिएका कम्तीमा १५० जना बालबालिका तथा किशोरहरू फरार भएका हुन्।भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले फरार भएको बताउँदै उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी दिए। आइतबार त्यो बालसुधार गृहमा एक बालकको मृत्यु भएपछि आफन्तले गेटमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले तोडफोड पनि गरेका थिए।त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिदैँ प्रदर्शनमा सामेल भएका थिए। सुधार गृहमा २५६ जना बन्दी रहेकोमा अहिले ३२ किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए।फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको र अन्यको खोजी कार्य जारी गरेको प्रजिअ रिजालले जानकारी दिए। फरारहरूको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। #बाल सुधारगृह #भक्तपुरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनीकाठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेलासुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास ६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमणकाठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइतेताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदाधेरै पढिएका खबर १ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग २ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ३ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ६ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ७ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइतेThe Film Nepal