Techie IT
२०८१ वैशाख १९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालसभामुखद्वारा गौरा पर्वको शुभकामना

सभामुखद्वारा गौरा पर्वको शुभकामना


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताएका छन् ।

नेपालको सुदूरपश्चिम प्रदेशमा विशेषरुपमा मनाइने धार्मिक सांस्कृतिक महत्त्वको गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, “संस्कार र संस्कृति फरक भएकाले हामी नेपालीहरू विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।” उनले गौरा पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव कायम होस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।

गौरा सुदूरपश्चिमको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिएको छ । पार्वतीले कठोर तपस्याका बाबजुत शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।

गौरापर्वले मानिसमा धार्मिक आस्था र आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने विश्वास गरिन्छ । यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

“गौरा पर्वलगायतका विभिन्न संस्कृतिमा आधारित पर्वले नेपालीबीच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले सन्देशमा भनेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ललितपुरको बडिखेलमा लागेको डढेलोमा परेर घाइते भएका रमेश पहरीको पनि…

काठमाडौँ । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ

काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाबीच फुटबल प्रतिस्पर्धा हुँदै

काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र शाह (बालेन) ले उच्च मनोबलका साथ

इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ । इलाममा भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची

मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्छः…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादकत्व बढाउनुपर्ने बताएका छन् । विश्व मजदुर

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । आज मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ । दुई विश्वविद्यालयका उपकुलपति नियुक्त भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.

Techie IT