गृहपृष्ठ ∕ नेपाल ∕ मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्युमदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु नेपाली पत्र शनिबार, २०८० भदौ ९ गते, १२:३६ मा प्रकाशित नेपाल एजेन्सी । शनिबार बिहान मदुराइ रेलवे स्टेसन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।पुनालुर–मदुराई एक्सप्रेसले लखनाउबाट ल्याएको उक्त डिब्बामा आज (शनिबार) बिहान आगलागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई रु १० लाख अनुदान दिने घोषणा गरेको छ । अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिन्डर रेलको डिब्बामा राखिएको र सोही विस्फोट हुँदा उक्त हतातहती भएको रेलवेले एक विज्ञप्ति निकालेर बताएको छ ।कफी बनाउन ग्यासको चुलो बाल्ने प्रयास गर्दा सिलिन्डर विस्फोट भएको उल्लेख गर्दै विज्ञप्तिमा ५५ जनालाई उद्धार गरिएको र नौ शव बरामद गरिएका जनाइएको छ । दुर्घटनास्थलमा उद्धार जारी छ । दक्षिणी रेलवेका मुख्य जनसम्पर्क अधिकारी बी गुगनेसनले रेलको डिब्बाभित्र यात्रीले गैरकानुनीरुपमा ग्यास सिलिण्डर राखेर भान्सासमेत सञ्चालन गर्दा दुर्घटना भएको बताएका छन् । जुनसुकै यात्रीले रेलका डिब्बा आवश्यक दस्तुर तिरेर यात्रा गर्नसक्ने तर कुनै पनि प्रज्वलनशील पदार्थ ल्याउन नपाइने कानुनी व्यवस्था रहेको उनले स्पष्ट गरेका छन् । रासस एएनआई #मदुराइ रेलवे स्टेसनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिनेकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स…काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस इन्टरनेशनल कलेजले यूकेको किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स शैक्षिक कार्यक्रमको शुभारम्भ र्यान्डमले चलायो पोखरामा कर्णालीको चर्चापोखरा, साउन ३१ गते । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको…काठमाडौं । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको मृत्यु भएको छ । कुवेतमा रहेको नेपाली दूतावासका पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमाकाठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछिधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ३ कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको मृत्यु ४ मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ ५ भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु ६ गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ ७ झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउThe Film Nepal