गृहपृष्ठ ∕
नेपाल ∕
मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु मदुराइ रेलमा आगलागी हुँदा नौ जना तीर्थयात्रीको मृत्यु
एजेन्सी । शनिबार बिहान मदुराइ रेलवे स्टेसन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
पुनालुर–मदुराई एक्सप्रेसले लखनाउबाट ल्याएको उक्त डिब्बामा आज (शनिबार) बिहान आगलागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई रु १० लाख अनुदान दिने घोषणा गरेको छ । अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिन्डर रेलको डिब्बामा राखिएको र सोही विस्फोट हुँदा उक्त हतातहती भएको रेलवेले एक विज्ञप्ति निकालेर बताएको छ ।
कफी बनाउन ग्यासको चुलो बाल्ने प्रयास गर्दा सिलिन्डर विस्फोट भएको उल्लेख गर्दै विज्ञप्तिमा ५५ जनालाई उद्धार गरिएको र नौ शव बरामद गरिएका जनाइएको छ । दुर्घटनास्थलमा उद्धार जारी छ । दक्षिणी रेलवेका मुख्य जनसम्पर्क अधिकारी बी गुगनेसनले रेलको डिब्बाभित्र यात्रीले गैरकानुनीरुपमा ग्यास सिलिण्डर राखेर भान्सासमेत सञ्चालन गर्दा दुर्घटना भएको बताएका छन् । जुनसुकै यात्रीले रेलका डिब्बा आवश्यक दस्तुर तिरेर यात्रा गर्नसक्ने तर कुनै पनि प्रज्वलनशील पदार्थ ल्याउन नपाइने कानुनी व्यवस्था रहेको उनले स्पष्ट गरेका छन् । रासस एएनआई
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले
सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा