Techie IT
२०८२ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालदेउडामा तीन पुस्ता एकसाथ नाच्दै

देउडामा तीन पुस्ता एकसाथ नाच्दै


दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन थाल्छन् । एउटै घरबाट बाजेदेखि नातिसम्म यहाँ आउने गरेका छन् । उनीहरु सबै एउटै गोलो घेरामा गोलवद्ध हुन्छन् । सबैले खुट्टाको चालमा चाल मिलाउँछन् । यसरी तीन पुस्ता एकसाथ देउडा खेल्दै रमाइलो गर्ने गरेका छन् ।

गोलो घेराको बीचमा देउडिया (गीतकार)ले गीत गाउँछन् । त्यही गीतलाई गोलो घेरामा रहेकाहरूले लय मिलाएर पालैपालो दोहोर्याउँछन् । शिवधाम अचेल देउडामय बनेको छ । देउडा खेलको दृश्य देख्दा पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने जो कोहीलाई पनि नाचुँ नाचुँ जस्तै लाग्ने गर्छ । महेन्द्रनगरका विभिन्न ठाउँमा आजभोली यसरी नै तीन पुस्ता एक साथ देउडामा रमाएको छ । जसलाई जता पायक पर्छ त्यतै त्यतै देउडा खेल्ने गरिएको छ ।

चौरासी वर्षीय रामदत्त जोशी देउडा खेल्कै लागि बैतडीको ग्वाल्लेकबाट महेन्द्रनगर पुगेका छन् । जोशी परिवारको मधेश र पहाडमा दोहरो बसाइँ छ । उनी युवा जस्तै देउडा खेल्न सक्रिय हुनुहुन्छ । “अचेल पहाडमा जनसङ्ख्या थोरै छ, देउडा खेल्न पहिला जस्तो रमाइलो छैन, त्यसैले यहाँ आएको हुँ”, देउडा खेल्दै गरेका जोशीले भने– “मान्छे बूढो भए पनि मन बूढो हुँदैन भन्थे हो रैछ ।”

जोशी १६ वर्षको उमेरदेखि देउडा खेल्दै आएका हुन् । “देउडा खेल्दा आनन्द आउँछ, सबैसँग भेट हुन्छ”, उनले भने । जोशी देउडा गीतकार पनि हुन् । देउडा खेल्नकै लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको उनले बताए । “कैलाली कञ्चनपुरलगायत सुदूरका सबै जिल्लामा देउडा खेलेको छु”, जोशीले भने, “देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्छ । यसमै आनन्द लाग्छ ।”

देउडा मनोरञ्जनमात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत सिकिने भएकाले युवापुस्ता समेत देउडामा आकर्षित हुने गरेका छन् । “गीतमार्फत सवाल–जवाफ हुँदा पुराना कुरा जान्ने अवसर मिल्छ”, स्थानीय नरेश पन्तले भने, “गीतमार्फत मनोरञ्जन पनि हुने, हाम्रो पुर्खा र देवी–देवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।”

देउडामा गीतकारले देवी–देवताको गाथा, इतिहास, संस्कृति र देशको वर्तमान अवस्थाका बारेमा समेत गीतमार्फत सवालजवाफ गर्ने गरेका छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरू बताउँछन् ।

“देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भने, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उनले बताए । देउडामा देवगाथालाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।

“देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्दछ”, भट्टले भने, “यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल उत्तर दिनुपर्ने हुन्छ ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त ‘मीतबन्धु’ बताउँछन् ।

“यसमा समाजका राम्रा नराम्रा पक्ष र समसामयिक घटनाको उठानका साथै मायाप्रेम आदिका कुरा पनि आउने गर्दछन्”, उनले भने, “यो विशेषगरी गौरा तथा मेलापर्वको अवसरमा खेल्ने गरिन्छ ।”

देउडामा सुखदुःख, मायाप्रेम, हास्यव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्तिउपदेशका प्रश्नउत्तरमा आधारित गीत प्रस्तुत गरिने गीतकार मञ्जु गिरी बताउँछिन् । “माया पिरतीका कुरा देवी–देवताका कुराकानी गीतमार्फत गर्ने गर्छौँ”, उनले भनिन्, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने भएकाले युवापुस्तादेखि पाका पुस्तासम्मको सहभागिता हुने गरेको छ ।” गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको उनको भनाइ छ ।

गौरापर्वको अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो । यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा कुनै भेदभाव पनि हुँदैन । यो खेल नारी, पुुरुष, युवा, बालबालिका सबैले एकसाथ खेल्न पाउँछन् । यसमा जातीय विभेद पनि हुँदैन ।

पछिल्लो समय देउडाको महत्व अझ बढ्दै गएको पाइन्छ । सुदूरपीश्चमेली रहेका ठाउँमा अचेल देउडा खेल्ने गरिएको पाइन्छ । पछिल्लो समय विश्वका विभिन्न मुलुक जहाँ सुदूरपीश्चमेली रोजगारका लागि गएका छन् त्यहाँ पनि देउडा खेल्ने गरेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT