गृहपृष्ठ ∕ नेपाल ∕ पर्वतमा चितुवा मृत फेलापर्वतमा चितुवा मृत फेला नेपालीपत्र शुक्रबार, २०८० भदौ १५ गते, १०:२४ मा प्रकाशित नेपाल पर्वत । पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।स्थानीयवासीले देखेलगत्तै डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका छन् । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालका अनुसार झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ बढ्यो प्याजको मूल्य २ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ३ तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु ४ उपप्रधानमन्त्री श्रेष्ठ र पाकिस्तानी राजदूत हाश्मीबिच भेटवार्ता ५ ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना पक्राउ ६ अमेरिकाले सिरियामा फेरि बम खसाल्यो ७ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जानेThe Film Nepal