Techie IT
२०८२ भदौ १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘कतिपय कानुन अभावका कारण तीन तहको सरकारबिच काम गर्न समस्या देखिएको छ’

‘कतिपय कानुन अभावका कारण तीन तहको सरकारबिच काम गर्न समस्या देखिएको छ’


बनेपा । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र अवस्थामा पुगेको बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् े। प

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्रोत सुनिश्चित नभई ठेक्का लागेका र बिचैमा काम अलपत्र पर्ने कुरालाई निराकरणका लागि योजनाको प्राथमिकीकरण गरी योजनाहरूको काम अघि बढाउनुपर्नेमा जोड दिए । “योजनाको प्राथमिकीकरण नगरी कतिपय कार्यक्रमहरू सञ्चालन गर्दा पहिलो वर्ष काम हुने, अर्को वर्षका लागि बजेट सुनिश्चित नहुँदा योजना अलपत्र पर्ने क्रम बढेको छ, यसलाई निराकरण गर्नका लागि तीनै तहको सरकारले निर्वाचन क्षेत्र, पालिकास्तरका गर्नैपर्ने योजनाहरू अघि बढाइयो भने उक्त योजनाको काम दिगो हुन्छ,” मन्त्री महतले थपे । उनले अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई छ लेनको बनाउने काम भइरहेकाले उक्त सडक विस्तारको काम समयमा नै सम्पन्न गर्नका लागि सरकार तयार रहेको बताए ।

“सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि सरकारले बजेट व्यवस्था गर्दै आएको छ, उक्त सडक योजना समयमा नै सम्पन्न गर्नका लागि सरकार तयार छ, बजेट अभावले गर्दा सडकको काम रोकिँदैन,” अर्थमन्त्री महतले भने । उनले अरनिको राजमार्गको कोदारी सडकको पुनर्निर्माणका लागि चीन सरकारले चासो दिएको बताउँदै चीन भ्रमणका क्रममा उक्त सडक पुनर्निर्माणको विषयमा थप छलफल गरिने बताए । उनले कतिपय कानुन अभावका कारण तीन तहको सरकारबिच काम गर्न समस्या देखिएको बताउँदै शिक्षा, कर्मचारी व्यवस्थापन, सुरक्षा निकायसँग सम्बन्धित कानुनहरू सङ्घीय संरचना अनुसार निर्माण गर्नका लागि मन्त्रीपरिषद्मा प्रस्तुत हुने क्रममा रहेको बताए । उनले सुशासन, पारदर्शिता, आर्थिक विकासका लागि तीन तहका सरकारबिच समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा अर्थमन्त्री डा। महतले पछिल्लो समय विभिन्न महामारीका कारण थलिएको पर्यटनले लय समाएको बताउँदै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको बताउँदै पर्यटनले अर्थतन्त्रलाई केही चलायमान बनाएको बताए । उनले सरकारसँग विदेशी मुद्रा सञ्चिति एथेष्ट रहेको बताउँदै मुलुकमा लगानीको वातावरण बनाउने र पुँजीगत खर्चलाई कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्ने चुनौती रहेको बताए । उनले निजी क्षेत्रले मुलुकमा लगानी गर्नका लागि हिच्किचाएका कारण पनि आर्थिक क्षेत्र चलायनमान हुन नसकेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

Techie IT