Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालगलकोटले गाडी पार्किङ स्थल निर्माण प्रकृया अगाडि बढायो

गलकोटले गाडी पार्किङ स्थल निर्माण प्रकृया अगाडि बढायो


बागलुङ। गलकोट नगरपालिकाले बढ्दो बजारिकरणलाई लक्षीत गरी गाडी पार्किङ स्थल निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ। मध्यपहाडी लोकमार्गको विस्तार र स्थतरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा सवारी साधनको चाप बढेसँगै पार्किङ स्थलको समस्या हुने गरेको छ।

पार्किङ स्थलको समस्यालाई मध्येनजर गर्दै गलकोट नगरपालिकाले हटिया बजार भित्र झन्डै दुई रोपनी जग्गा भाडामा लिएर पार्किङ स्थल निर्माण कार्यलाई अगाडी बढाएको गलकोट नगरपालिकाका नगर उपप्रमुख तथा सार्वजनिक स्थल व्यवस्थापन समितिका संयोजक फमलाल निउरेले जानकारी दिए। बिच बजारमा निर्माण गर्न लागिएको पार्किङ स्थलको प्राविधिकद्धारा नक्साङ्कन गरी निर्माण कार्यलाई अगाडि बढाईएको निउरेले बताए।

समितिले नगरपालिका भित्रका सार्वजनिक जग्गा व्यवस्थापन, गाडी पार्किङ स्थल निर्माण, खेलमैदान निर्माण, सवारी साधनको भाडादर समायोजन लगायतका कामहरुलाई क्रमश अगाडी बढाउने गरी गृहकार्य भईरहेको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष तथा सार्वजनिक जग्गा व्यवस्थापन समितिका सदस्य फम बहादुर खत्रीले जानकारी दिए।

गलकोट क्षेत्रको मुख्य व्यापारिक केन्द्र हटिया बजारमा निर्माण हुन लागेको पार्किङ स्थलमा यातायात काउन्टर, सार्वजनिक शौचालय, पानीको धारो, यात्रु प्रतिक्षालय सहित चेतनामुलक होडिङ बोर्ड र गलकोटका पर्यटकीय स्थलको वृत्तचित्र राखिने गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताए।

अहिले सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक प्रहरीले वैकल्पिक रुपमा वान वे पार्किङ गराई ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अस्थायी ट्राफिक पोष्ट हटियाका प्रहरी हवल्दार राजेन्द्र खड्काले जानकारी दिए।

बढदो जनघनत्व त्यस माथि मध्य पहाडी लोकमार्गमा रुकुम, रोल्पा देखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाण्डौ चल्ने ठुला तथा साना सवारी साधनको आवत जावतले बसपार्कको अभावमा ट्राफिक व्यवस्थापन समस्या बनेको छ

बजारीकरणको तिव्र विकास भए सँगै शहरको झल्को मेटाउने गलकोटको हटिया बजारमा बसपार्क नहुँदा यातायात व्यावसायी र नागरिकले झेल्दै आईरहेको समस्या अब भनें गाडी पार्किङ स्थलको जग्गा व्यवस्थापन भए सँगै हल हुन लागेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए।

हटिया बजार गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र मात्र नभई पश्चिम बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै छिमेकी जिल्ला रुकुम र रोल्पाका मानिसहरु मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने स्थल पनि हो। बजारको विस्तार सँगै भविष्यमा शहर बन्ने स्थानीयले अपेक्षा गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT