Techie IT
२०८१ कात्तिक १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालएकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार शंकर विश्वकर्माको निधन भएको छ। रौतहट घर भएका विश्वकर्माको मंगलबार बिहान हृदयघातका कारण निधन भएको हो।

अध्यक्ष माधवकुमार नेपालको सचिवालयका अनुसार केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन भएको छ।

अध्यक्ष नेपालले नेता विश्वकर्मालाई श्रद्धाञ्जली दिँदै भनेका छन्, ‘उहाँले कम्युनिष्ट आन्दोलन, नेपालको मुक्ति आन्दोलन र काठमाडौँमा रहेका रौतहटवासीका बीच निर्वाह गर्नुभएको राजनीतिक तथा सामाजिक कार्यलाई हामी सदैव सम्मानपूर्वक सम्झिरहनेछौं।’

विश्वकर्माको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तिहारले पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको छ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताएका छन्। तिहारको अवसरमा शुभकामना

यस्ता छन् लुम्बिनी प्रदेश सरकारका सय दिने उपलब्धि

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाडौं । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको

तनहुँको सयपत्री कतार निर्यात

तनहुँ । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय

सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन भएको छ । बुधबार बसेको बसेको

आज काग तिहार मनाइँदै

काठमाडौँ । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । नेपालीहरुको दोश्रो ठुलो चाड तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ । प्रत्येक

Techie IT