गृहपृष्ठ ∕ नेपाल ∕ झन्डै ९ किलो चरेससहित दार्चुलामा २ जना पक्राउझन्डै ९ किलो चरेससहित दार्चुलामा २ जना पक्राउ नेपालीपत्र मंगलबार, २०८० भदौ २६ गते, १३:५६ मा प्रकाशित नेपाल दार्चुला। झन्डै नौ किलो चरेसहित दार्चुलामा दुई जना पक्राउ परेका छन्। आज मङ्गलवार शैल्यशिखर नगरपालिका– ९ नायलबाट बैतडीको पुर्चौडी नगरपालिका–४ भटनाकी ३५ वर्षीया भावना धामी र ४४ वर्षीय जयबहादुर धानुक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।उनीहरूको साथबाट आठ किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। इन्स्पेक्टर कार्कीका अनुसार धामीको साथबाट छ किलो र धानुकको साथबाट दुई किलो आठ सय ५० ग्राम चरेस बरामद गरिएको हो।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट चरेस बरामद गरेको हो। अहिले उनीहरूलाई गोकुलेश्वरबाट जिल्ला सदरमुकाम ल्याउन लागिएको बताइएको छ। #दार्चुलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन्ः मन्त्री साउद २ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ३ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ४ Chepang Community celebrating Chhonam (Nwagi) festival ५ म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा ६ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ७ जनता समाजवादी पार्टी फुट्योThe Film Nepal