Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबुद्ध आविमा बालविवाहविरुद्ध तीजगीत र खेलकुद हुने

बुद्ध आविमा बालविवाहविरुद्ध तीजगीत र खेलकुद हुने


बागलुङ। ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ।

नेपालीहरुको पर्व हरितालिका तीजको अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र÷छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको बुद्ध बाल क्लबले जनाएको छ।

तमानखोला गाउँपालिकाले मुख्य सहयोग र तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा
बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा हुने कार्यक्रममा एक दर्जन बढी समुहको तीजगीत प्रस्तुत हुने क्लबका उपाध्यक्ष दुर्गादेबि बिकले जानकारी दिए।

सामाजिक अपराधुका रूपमा रहेको बालबिबाह रोक्न स्वयम् वालबालिका र विद्यालयको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो सचेतनामुलुक कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगर जानकारी दिए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा पहिचान तथा संस्कृतिक जर्गेनाका लागि पनि महत्त्वपूर्ण हुने बताए।

कार्यक्रम यही भाद्र २९ श्री बुद्ध आधारभूत विद्यालयको प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष मिलन रोकाले जानकारी दिए। मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै बालविवाह विरुद्धका प्रस्तुती रहने बताईएको छ।

तीजगीत प्रतियोगितामा सहभागीता जनाउनको लागि क्लबले विविध नियमहरु बनाएको छ।
क्लबका सह–सचिव पुष्पाअन्जली सिउतानीका अनुसार तीजगीत ‘बाल विवाह अन्त्य गरौं’ भन्ने थिममा आफैंले रचना गर्नुपर्ने छ भने भाका मौलिक तीजगीतमा आधारित हुनुपर्ने छ। एक टिममा न्युनतम ३ जना, छात्रछात्रा हुनुपर्ने नियम बनाइएको छ। प्रतियोगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएको छ।

त्यस्तै छात्र छात्रा भलिबल र भित्रबाहिर खेल पनि हुनेछन्। छात्र भलिबलमा प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ हजार १ सय, १ हजार ४ सय र तेस्रो हुनेले रु ५ सय नगद र प्रमाणपत्र पाउनेछ्न्। छात्रा भलिबल प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र, दोस्रो हुनेले ७ सय र तेस्रो हुनेले रु ५ सय नगद सहित सहभागी सबैले प्रमाणपत्र पाउँनेछन्।

कार्यक्रमको मुख्य आकर्षक बालविवाह अन्त्यका लागि सचेततामुलुक र्याली र तीजगीत प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र पाउनेछन्। दोस्रो, तेसो र सान्त्वना हुनेले क्रमशः रु ६ सय, ३ सय र १५० नगद सहित प्रमाणपत्र पाउनेछन्।

कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न गर्नको लागि करिब २५ हजार लाग्ने भएकाले बाल क्लबले जनाएको छ। देश विदेशमा रहेका तमानवासी सबै आमा बुवा,दाजुभाइलाई आर्थिक सहयोग गरिदिन बाल क्लबले सबैलाई आग्रह समेत गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT