Techie IT
२०८२ मंसीर १, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालचिकित्सक संघ र सरकारका प्रतिनिधिबीच वार्ता

चिकित्सक संघ र सरकारका प्रतिनिधिबीच वार्ता


काठमाडौँ। नेपाल चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता समितिबीच बैठक सुरु भएको छ।

मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न आइतबार नै मन्त्रालयले अतिरिक्त स्वास्थ्यसचिव डा. विकास देवकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो।

स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा नेपाल चिकित्सक संघका तर्फबाट वार्तामा अध्यक्ष डा. अनिलविक्रम कार्की, उपाध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. सन्जिव तिवारी, सहसचिव डा. लेसियन महर्जन र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको स्रोतले जानकारी दिएको छ। यस्तै सरकारको तर्फबाट डा. विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छ।

गत बुधबार हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT