Techie IT
२०८२ कात्तिक ८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल सँधै सबै खालका अतिवादको विरुद्धमा छः अध्यक्ष तिमिल्सिना

नेपाल सँधै सबै खालका अतिवादको विरुद्धमा छः अध्यक्ष तिमिल्सिना


काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सँधै सबै खालका अतिवादको विरुद्धमा रहेको धारणा व्यक्त गरेका छन्। मुस्लिम आयोगले सोमबार काठमाडौंमा आयोजना गरेको ‘इस्लाममा सहिष्णुता तथा सहअस्तित्व र सामाजिक शान्ति प्रवर्द्धनमा यसको भूमिका’ विषयक गोष्ठीमा बोल्दै उनले सबै नेपाली अतिवादको विरुद्ध र शान्तिको पक्षमा रहेका बताए।

‘मानिस चेतना र विवेकका हिसाबले सर्वश्रेष्ठ प्राणी भएपनि अहिले पनि धार्मिक, जातीय तथा भौगोलिक हिसाबले अतिवादी सोच राख्नेहरुले हिंसा मच्चाउन छाडेका छैनन्’, उनले भने, ‘मानव भएर पनि यस्ता अतिवादी सोच राख्नेहरु समाज र विश्वकै लागि कंलक शिवाय केही होइनन्।’

अध्यक्ष तिमिल्सिनाले हामी सबै विभिन्न खाले अतिवादी सोचबाट बच्न आवश्यक छ भने। ‘मानव मानवका बीचमा विभेद गर भनेर कुनै पनि धर्मले भन्दैन’, उनले भने, ‘सबै धर्मको अर्थ विभेद होइन।’

नेपालको नयाँ संविधानले सबै धर्म मान्नेहरुलाई समान दृष्टिकोण राखेको कुरामा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले संविधानले विभेद नगरेपनि यसको कार्यान्वयन भने चुनौतीपूण रहेको बताए।

नयाँ शिक्षा ऐनले पछाडि पारिएका भाषाभाषीहरुले शिक्षा आर्जन गर्ने विषयलाई सहज बनाउने विश्वास पनि अध्यक्ष तिमिल्सिनाले राखे।

अर्को प्रसंगमा उनले मुलुकमा रहेका संवैधानिक आयोगहरुको प्रभावकारिता र आवश्यकताका विषयमा दश दश वर्षमा पुनरावलोकन गर्न आवश्यक रहेको बताए।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयका सचिव डा. अवाद साब्ती अल्नाजीले सबै जनताका बीचमा सहअस्त्वि बढाउने तथा सबै खाले अतिवाद र आतंकवादका विरुद्ध आवाज उठाउनुपर्ने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT