Techie IT
२०८२ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंरक्षण क्षेत्रका उपलब्धिलाई जनताको आयआर्जनसँग जोड्न जरुरीः मन्त्री महतो

संरक्षण क्षेत्रका उपलब्धिलाई जनताको आयआर्जनसँग जोड्न जरुरीः मन्त्री महतो


काठमाडौँ। वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनजङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धी हासिल गरिसकेकाले त्यसलाई जनताको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्। उनले मुलुकमा हाल वनजङ्गलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको पनि बताए।

‘वन्यजन्तुको सङ्ख्या पनि बढेको छ। यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव–वन्यजन्तु द्वन्द्व बढेको छ भने अर्कोतिर वन्यजन्तुबाट कृषकका बानीनाली सखाप हुने गरेको छ’, मन्त्री महतोले भने। यस्तो अवस्थामा संरक्षणको क्षेत्रमा व्यावसायिक र नयाँ सोचका साथ अघि बढ्नुपर्ने तथा संरक्षण क्षेत्रका यी उपलब्धिलाई अब जनताको आर्य आर्जनसँग जोड्नुपर्ने उनको भनाइ छ।

‘काठमा मुलुकलाई आत्मनिर्भर बनाउन, विकास र वातावरणबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेलगायत अभियानका साथ विभिन्न कार्ययोजना अघि बढाएका छौँ’, उनले भने। वन्यजन्तुको पालन र शिकारका सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा भइरहेका राम्रा र सफल अभ्यासलाई हेरेर सिक्नुपर्ने मन्त्री महतोले बताए।

उनले भने, ‘विश्वमा धेरै देशले यसरी नै मनग्य आयआर्जन गरेका छन्। हामीले पनि त्यस्तो गर्न सके यसले एकातिर आम्दानीको स्रोत पनि हुने र अर्कोतिर व्यवस्थापनमा पनि सहजता हुन्छ।’

नेपालले बाघको सङ्ख्या बढाउन अन्तराष्ट्रियस्तरमा गरेको दोब्बरको प्रतिबद्धताभन्दा पनि बढेर झण्डै तेब्बर पुगेको अवस्थामा मन्त्री डा। महतोले बाघ संरक्षणमा गरेको प्रगतिका कारण अन्तर्राष्ट्रियरुपमा नै नेपालले प्रशंसा पाएको बताए। पछिल्लो समय यसको व्यवस्थापनमा निकै चुनौती देखिएको छ।

‘अहिले हामीले बाघलाई व्यवस्थापन गर्न सकिरहेका छैनौ। मानवसँग द्वन्द्व बढिरहेको छ। जङ्गलबाट बाघ बाहिर निस्केर गाउँबस्ती पसेको बेला बाघलाई स्थानीयले घेरेर मारेको अवस्था पनि छ। अर्कोतिर मानिसलाई आक्रमण गर्ने वा मार्ने बाघलाई हामी खोरमा राख्छौँ। तर खोरको पूर्वाधार हेर्ने हो भने कहाली लाग्दो छ’, मन्त्री महतो भने।

पछिल्लो समय पहाडमा बाँदरले र तराईमा बँदेल, हात्तिलगायत वन्यजन्तुले बालीनालीमा गर्ने ठूलो क्षतिका कारण किसान विस्थापित हुनुपर्ने अवस्था छ। यस्तो अवस्थामा यसको रोकथामका लागि मन्त्रालयले हालै मात्र व्यवसायिकरुपमा ‘वन्यजन्तुको पालन, प्रजनन तथा उपयोग सम्बन्धी मापदण्ड, २०८०’ स्वीकृत गरेको उनले जानकारी गराए।

मन्त्री डा।महतोले भने, ‘विश्वमा अधिकांश मुलुकले प्रकृतिले जे स्रोत साधन दिएको छ, त्यसको अधिकतम परिचालन गरेर समृद्धि हासिल गरेका छन्। हामीले पनि हाम्रो प्राकृतिक स्रोत साधन जलस्रोत, हिमाल, वनजङ्गल, खानी, काठलगायतको उचित व्यवस्थापन गरेर समृद्धि हासिल गर्नुपर्छ।’

वातावरण र विकासबीच सन्तुलन कायम गरेर पूर्वाधार निर्माणमा लाग्नुपर्ने उल्लेख गर्दै उहाँले वातावरणीय प्रभाव मूल्याङ्कन अनुमतिमा सहजता कायम गर्न खोजेको बताए। हाल मुलुकभित्रको काठ सडेर जाने र विदेशबाट वर्षेनी अर्बौँ रुपैयाँको काठ आयात भइरहेको सम्बन्धमा मन्त्री डा। महतोले आवश्यक कानुन संशोधन गरेर भएपनि यसलाई रोक्न लागिरहेको अवगत गराए।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसिसिसी०का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन ९कोप–२८० का लागि नेपालले तयारी तीव्र बनाएको मन्त्री डा। महतोले बताए। सम्मेलन आगामी मङ्सिर १४ देखि २६ गते ९नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख० सम्म संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईमा हुँदैछ।

सम्मेलनमा नेपालले जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि र नोक्सानीका लागि कोषको व्यवस्थापन, हिमाल र पर्वतीय मुद्दा, उत्सर्जन कटौती र समावेशीतालगायत सवालमा केन्द्रित भएर पूर्णतयारीका साथ आफ्नो मुद्दा उठाउने उनको भनाइ थियो। नेपालबाट यस सम्मेलनमा उच्चस्तरीय सहभागिता हुने भएको छ। मन्त्री डा। महतोले भने, ‘सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति वा प्रधानमन्त्रीको नेतृत्वमा सहभागिता हुने छ।’

आयोजक युएईले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मेलनमा निमन्त्रणा गरिसकेको छ। राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिकरूपमा सुरु हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिट’ तथा आगामी डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा निमन्त्रणा गरिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र

दोषी ठहर भएर फरार रहेका ३१ जना प्रतिवादी पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न घटनामा दोषी ठहर भएर फरार रहेका ३१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीका

पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा ३ करोड ११ लाख भेटी…

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ ।

भृकुटी कागज कारखाना १४ वर्षदेखि पूर्णरुपमा बन्द

नवलपरासी । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै

पर्वतमा धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै

पर्वत । पर्वतका धान रोप्ने खेतको क्षेत्रफल वर्षेनी साँघुँरिदै गएको छ । विगत पाँच वर्ष यता धान खेती हुने क्षेत्रफल

मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ

Techie IT