गृहपृष्ठ ∕
नेपाल ∕
दीपशिखाको विषय समाधान हुने क्रममा छः कोरियास्थित नेपाली दूतावास दीपशिखाको विषय समाधान हुने क्रममा छः कोरियास्थित नेपाली दूतावास
काठमाडौँ। दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ कोरियामै रोकिएको समस्या समाधान हुने क्रममा रहेको बताएको छ। मंगलबार दिउँसो एक प्रेस नोट जारी गर्दै दूतावासले सउलस्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ।
‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको जानकारी गराइएको छ,’ प्रेस नोटमा भनिएको छ।
अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको थियो। दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए। पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन्। तर, इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ। प्रतिनिधिसभामा शिक्षा विधेयक २०८० पेश भएको छ। संसदको आइतबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,
कपिलवस्तु। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आइतबार बिहान साढे ६ क्विन्टल रक्तचन्दन बरामद गरेको छ। रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको
काठमाडौँ। सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका चिकित्सकमाथि आक्रमण भएको छ।ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा. मनिष खड्कामाथि आइतबार बिहान आक्रमण भएको
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचलित मूल्य प्रणाली अर्थात् ‘अटोमेसन’ भनेको आयल निगमको एकाधिकार नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा
काठमाडौँ। सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले
काठमाडौँ। टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ। ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने