Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज पनि शिक्षकहरुको प्रर्दशन, यातायात अस्तव्यस्त

आज पनि शिक्षकहरुको प्रर्दशन, यातायात अस्तव्यस्त


काठमाडौँ। आज पनि शिक्षकहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा शक्ति प्रर्दशन गरेका छन्। सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकप्रति असहमति जनाउँदै उनीहरुले काठमाडौँको शक्ति प्रर्दशन गरेका हुन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौँ आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रेका हुन्।

उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेर आन्दोलन थालेको हो।

संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ।

दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा शिक्षक महासंघको असन्तुष्टि छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालीको औसत आयु ७१.३ वर्ष

काठमाडौं । नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्रीस्तरीय

कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा तीनजना घाइते छन् ।

ललितपुरको ग्वार्कोस्थित एक टहरामा आगलागी हुँदा पाँच जना घाइते

काठमाडौँ । ललितपुरको ग्वाको नजिकै एक टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार मोबिल

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौँ । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा

भक्तपुरको एक उद्योगमा आगलागी हुँदा २ जना घाइते, करिब २…

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ ।

Techie IT