Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालद ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित


काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थीहरु दीक्षित भएका छन्। शुक्रबार बौद्धस्थित हायत रिजेन्सी होटलमा भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यूडब्ल्यूई)का विद्यार्थीहरु दीक्षित भएका हुन्।

दीक्षान्त समारोह दुई शत्रमा सञ्चालन भएको थियो। पहिलो शत्रमा बिजनेश विषयहरु बीबीए, एमबीए, बीएचएम, एमआईबीएम र ईएमबीएका विद्यार्थीहरु दीक्षित भएका थिए भने दोस्रो शत्रमा आईटी विषयहरु बीएससी (हन्स) कम्प्युटिङ र एमएससी आइटीका विद्यार्थीहरु दीक्षित भए।

दुबै शत्रमा नेपाल तथा बेलायतका विशिष्ट पाहुनाहरुसँगै, एकेडेमिसियन, दीक्षित हुने विद्यार्थी, विद्यार्थीका अभिभावकको उपस्थिति रहेको थियो। लामो समयदेखि कलेजको सल्लाहकार तथा एमबीई ब्रिटिस एजुकेशन ग्रुपका उपाध्यक्ष पाउल क्लिभ्सले उत्कृष्ट विद्यार्थीको अवार्ड प्रदान गरेका थिए।

कलेजका कार्यकारी एक्जिक्युटिभ डाइरेक्टर महेन्द्रराज कँडेलले पानसमा दीप प्रज्वलन गरि तथा कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले स्वागत मन्तब्य राखेर कार्यक्रमको उद्घाटन गरेका थिए। संस्थापक राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो संस्था कति ठूलो भएको छ भन्ने यो एउटा प्रमाण हो, अब हामीले दुईवटा शत्रहरु सम्पन्न गर्नुपर्नेछ र म आज सबै ग्राजुयटहरुलाई बधाई तथा आगामी दिनको शुभकामना व्यक्त गर्न चाहान्छु। तपाईहरु टीबीसीका पूर्व विद्यार्थीहरु बन्नुभएको छ। अब हामी तपाईहरुले के गर्नुहुन्छ भनेर जान्न निकै उत्साहित छौं।’

त्यस्तै, कार्यक्रममा विशेष अतिथिहरुले प्रेरणादायक मन्तब्य दिएका थिए। जसमा, मिसन–ब्रिटिस एम्बेसीका डेप्युटी हेड हेइडी ताभाकोली, कलेजका सल्लाहकारहरु माइकल रुटल्याण्ड ओबीई, प्रोफेसर फर्गस लियोन र ११ औं अर्ल अफ स्डाण्डवीचका माननीय एडवर्ड होलिस्टर मोन्टागुले बेलायतबाट भिडियो सन्देश पठाएका थिए।

पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुले पनि कार्यक्रममा आफ्नो मन्तब्य दिएका थिए। लिड्स बेकेट विश्वविद्यालयका स्कूल अफ बिल्ट इन्भाइरोमेन्ट एण्ड इन्जिनियरिङका डीन प्रोफेसर अकिन्टोला अकिन्टोएले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘आजको दिन लिड्स बेकेट र ब्रिटिस कलेजबीचको अन्तर्राष्ट्रिय सहकार्यको ठूलो दिन हो र हामी यो सम्बन्धलाई अझै सुदृढ बनाउँदै विश्वभरी नै धेरै ग्राजुयटहरु उत्पादन गर्न अगाडि बढ्नेछौं।’

त्यस्तै, यूडब्ल्यूईको पार्टनरसिप र इन्टरनेशनल तथा इन्टेरियम हेड अफ विजनेश एण्ड म्यानेजमेन्टका डीन डा. पल बेनेटले दीक्षित विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे। उनले यूडब्ल्यूई र टीबीसी बीचको लामो समयदेखिको साझेदारीबारे आफ्नो भनाई राख्दै ग्राजुयटहरुलाई आल्मुनी कम्युनिटीमा स्वागत गरे।

टीबीसी प्रतिभाहरुको पृष्ठपोषण गर्न र ग्लोबल लिडरलाई उत्पादन गर्न प्रतिबद्ध रहेको र आगामी दिन स्रोत तथा साधनहरु थप गरि समयसापेक्ष शिक्षा प्रदान गर्न अग्रसर रहेको कलेजको भनाई छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT