Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै होइनः उपमेयर डंगोल

सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै होइनः उपमेयर डंगोल


काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको मात्रै नभएको बताएकी छिन्। सोमबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपमेयर डंगोलले यस्तो बताएकी हुन्।

‘हाम्रो प्रमुख चुनौती भनेको सडक व्यापार व्यवस्थापनको कुरा नै हो। यो समस्या काठमाडौँ महानगरको मात्रै पक्कै होइन। देशभरिमा जहाँजहाँ शहर छ, त्यहाँ सडक व्यापार व्यवस्थापनको समस्या छ,’ उपमेयर डंगोलले भनिन्, ‘यो केन्द्रीय सरकारले विशेष महत्त्वका साथ हेर्नुपर्ने विषय पनि हो। यस विषयमा राज्यको हिसाबले केन्द्र तहबाट नै नीति, नियम बनाइयोस्।’

उनले यो समस्याको दिगो समाधान हुने गरी तत्काल एकीकृत नीति बनाउन सङ्घीय सरकारलाई आग्रहसमेत गरिन्। यो समस्या समाधानका लागि काठमाडौँ महानगरलाई दबाब दिने काम नगर्न पनि उनले अनुरोध गरिन्।

महानगरपालिका आफ्नो नीति र कार्यक्रमअनुसार अघि बढिरहेको उनको भनाई छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खेती गर्ने समयमा यो वर्ष पनि रासायनिक मल अभाव

काठमाडौं । खेती गर्ने समयमा यो वर्ष पनि किसानले मल अभाव झेल्नुपरेको छ । बर्खे धान रोपाइँ र मकै खेतीका

हेवा खोलामा बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय

म्याग्दीको डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी । मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई

अमेरिकामा नेपाली आप्रवासीलाई दिँदै आएको टीपीएस सुविधा खारेज

एजेन्सी । अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने

Techie IT