Techie IT
२०८१ जेठ ३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

पत्रकार धामीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग


काठमाडौँ। पत्रकार कृष्णसिंह धामीलाई आक्रमण गरी घाइते बनाउनेहरूलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ।

आपराधिक मनसायले पत्रकारमाथि आक्रमण गर्नेको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायको महासंघले ध्यानाकर्षण गराएको हो।

असोज ८ गते सोमबार दिउँसो ४ः०० बजे खाजा खाएर ललितपुरको बखुन्डोलस्थित रातोपाटी डटकम अनलाइनमा कार्यरत धामीलाई कार्यालय फर्कँदै गर्दा ५÷६ जनाको समूहमा आएका व्यक्तिहरूले सांघातिक आक्रमण गर्दा पत्रकार धामीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागी पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भएको गरिएको थियो।

‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो। दिनदहाडै भएको यो घटनाले प्रेसको सुरक्षा स्थिति चुनौतीपूर्ण देखिएको महासंघको निष्कर्ष छ,’ सचिव गोविन्दप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पौडेल र मिश्र सचिवमा बढुवा

काठमाडौँ । नेपाल सरकारको रिक्त रहेको दुई सचिव पदमा बढुवा गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त

संसदमा गृहमन्त्रीलाई बोल्न दिएपछि छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव

प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न चार बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ४

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको जम्मा २८ जना प्रदेश सभा

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएको

कांग्रेससँग सहमतिको प्रयास भइरहेको भन्दै बैठक ढिला गर्न सभामुखलाई प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरि कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले संसद बैठक केहीबेर ढिला गर्न

Techie IT