गृहपृष्ठ ∕ नेपाल ∕ काठमाडौँको फोहोरबाट हरित ऊर्जा निकाल्न कोरियन टोली सिसडोलमाकाठमाडौँको फोहोरबाट हरित ऊर्जा निकाल्न कोरियन टोली सिसडोलमा नेपालीपत्र बुधबार, २०८० असोज १० गते, १२:३९ मा प्रकाशित नेपाल काठमाडौँ। गैर आवसीय नेपाली संघ (एनआरएनए)ले काठमाडौँको फोहोर व्यवस्थापनमा चाँसो व्यक्त गरेको छ। संघका अध्यक्ष विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौँको फोहोर व्यवस्थापनबारे छलफल थालिएको छ।अध्यक्ष कुँवरसहित कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र प्रोडुसर जोङ होउसहितका प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ। प्रतिनिधि मण्डलले स्थानीय र कर्मचारीहरूसँग फोहोर व्यवस्थापनबारे छलफल गरेको छ। एनआरएनएका अध्यक्ष कुँवरसहितको टोलीले फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा मन्त्री सिता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि टोलीले छलफल गरेको छ।अध्यक्ष कुँवरका अनुसार कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरेको थियो। उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पुँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए। छलफलको क्रममा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर कार्य अगाडि बढाउने बताए।एनआरएनए र कोरियन कम्पनीले चाँसो देखाएपछि सिसडोलबासीले फोहोर व्यवस्थापन हुने अपेक्षा गरेका छन्। #सिसडोलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँकाठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि, व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ताम्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्नेकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदनकाठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ मुस्ताङको मुक्तिक्षेत्रमा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ ३ नेपाल र भारतका थिङ्क ट्याङ्क स्तरमा सम्झौता ४ भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोड दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ ५ झापामा रुखामा बाँधिएका एक व्यक्तिको मृत्यु, ४ जना पक्राउ ६ मधेशमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान ७ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्टThe Film Nepal