Techie IT
२०८२ भदौ २७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालग्यालेक्सी टेलिभिजनका अध्यक्ष राईविरुद्ध पर्साबाट पनि सहकारी ठगीमा पक्राउ पुर्जी

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष राईविरुद्ध पर्साबाट पनि सहकारी ठगीमा पक्राउ पुर्जी


काठमाडौँ। देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) र कुमार रम्तेलविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले राई र रम्तेलसहित १३ जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ।

राईसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयल पर्साको प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए। वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरीको आधारमा सहकारीका संस्थापक राईसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

जिल्ला अदालत पर्साले सानो पाइला बचत तथा ऋण सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जीबी राई), वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष नेहा पौडेल, सचिव तस्वीरन मियाँ, कोषाध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर विरुद्ध पक्राउ पुर्जी जारी भएको थापाले बताए। सहकारीका पूर्व कोषाध्यक्ष कुमार रम्तेलविरुद्ध पक्राउ पुजी जारी भएको छ।

यस्तै सहकारीका सञ्चालक समिति सदस्यहरु देबेन्द्रबाबु राई, थानबहादुर बुढामगर, धिरजकुमार दास विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

सहकारीकी पूर्वउपाध्यक्ष सुनिता श्रेष्ठ, पूर्वसदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधेचन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। कर्जा अधिकृत राधेचन्द्र यादव भने पक्राउ परेको प्रहरी नायब उपरिक्षक थापाले बताए।

जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी १५ भदौसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीमा ९७१ जनाले उजुरी दिंदा १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग भएको प्रहरी कास्की प्रहरीले जनााएको छ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT