Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको आग्रह

पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन्।

काठमाडौँमा बिहीबार आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गरेका छन्।

प्रधानमन्त्रीले वीर अस्पताललाई अझै विस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी प्रतिबद्धता पनि जनाएका थिए।

संविधानमा व्यवस्था भएबमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको प्रधानमन्त्रीले बताए।

‘संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छन्। संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरूको भुमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। यसतर्फ आगामी दिनमा सिंगो प्रतिष्ठान परिवारले गम्भीरतापूर्वक काम गर्नेछ,’ दाहाललले भने, ‘दक्ष र प्राविधिक जनशक्तिबाट देशको दूर दराजका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक हो । हाम्रो राजनीति र जीवन व्यवहार नागरिको स्वार्थ र हीतमा समर्थित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्नसक्छौँ।’

प्रधानमन्त्री दाहालले राज्यका सबै अंगहरूले नियन्त्रणमूखी नभई प्रबद्धन र सेवामुखी भएर काम गर्न जरुरी रहेको बताए। ‘स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा अझ गम्भीरता र जिम्मेवारीपूर्वक जनसेवाका काम हुनुपर्छ। नेपालको संविधान, राज्यका प्रचलित नीति, कानुन, प्रबन्धहरूको निर्देशनमा रही प्रभावकारी कार्यसम्पादन गर्न प्रतिष्ठान र प्रतिष्ठान आवद्ध सबैलाई निर्देशन दिन्छु,’ प्रधानमन्त्रीले भने, ‘नर्सिङ सेवासँग सम्बन्धित केही जटिलता देखापरेका छन्। अहिले सरकार, स्वास्थ्य मन्त्रालय यो समस्या समाधान गर्नेतिर दृढतापूर्वक अघि बढेको छ। जनताको उपचारमा कार्यरत चिकित्सकको पेशागत सुरक्षा, हीत र वृद्धि विकासमा सरकार सचेत र गम्भीर छ। पछिल्लो समय बिरामीहरुको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणलाई सरकारले र सरकार प्रमुखको हैसियतले मैले गम्भीर रुपमा लिएको छु।’

सरकारले स्वास्थ्यकर्मीसँग गरेको सहमति कार्यान्वयन गर्न सरकार लागिरहेको पनि प्रधानमन्त्रीले जानकारी दिएका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT