Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालविश्व सामाजिक मञ्चको सम्मेलन नेपालमा हुने

विश्व सामाजिक मञ्चको सम्मेलन नेपालमा हुने


काठमाडौँ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ संस्करण पहिलो पटक नेपालमा हुने भएको छ । आगामी फागुन ३ देखि ७ गतेसम्म खुल्लामञ्चमा हुने सो कार्यक्रमका बारेमा विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिले विश्वव्यापी घोषणा ९लन्चिङ० कार्यक्रम आयोजना गरेको छ ।

सम्मेलनका अवसरमा अन्तर महादेशीय युवा मञ्च हुनेछ भने संसदीय मञ्चको पनि आयोजना हुने विश्व सामाजिक मञ्च नेपाल, मिडिया तथा सञ्चार समूहका संयोजक सुशील विकेले जानकारी दिए । यो मञ्च नवउदारवादका विकल्पमा विचार र अनुभवको आदानप्रदान गर्ने स्वतन्त्र खुला मञ्च हो । दुई दशकअघि विश्वमा नवउदारवादी विश्वव्यापीकरणले पारेको प्रभावको विकल्पबारे बहस गर्ने सिलसिलामा सन् २००१ मा ब्राजिलको पोर्ते एलेगे्रबाट थालनी भएको हो ।

मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृृसत्ता, जाति तथा रङ्गभेद, नस्लभेदका विरुद्धमा तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाज सङ्गठनको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ ।

समानान्तर रुपमा सञ्चालन हुने सम्मेलनका लागि हाल गैह्रसरकारी संस्था महासङ्घलगायत संस्थाहरुले संयोजन गरिरहेका छन् । सम्मेलनमा छलफलका लागि १३ समसामयिक विषयहरु छनोट गरिएको छ । तिनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखनस जात, काम र वंशजमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैङ्गिक हिंसा र पहिचान भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, ऊर्जा र प्राकृतिक स्रोत शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षास शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया, डिजिटल समानतास लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानुन र न्यायस स्वास्थ्य, सामाजिक संरक्षण र समानतास जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, बासस्थान र दिगो विकास महिला, बालबालिका, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू र सामाजिक आन्दोलन, नागरिकको स्थान र विश्व सामाजिक मञ्चको भविष्य विषय छन् ।

नेपालमा हुने सम्मेलनको सफलताको ऐक्यबद्धता व्यक्त गर्दै भारतका प्रा आनन्द कुमार, नेपालका डा उद्धव प्याकुरेल, मोरक्कोका हमुदा सउवी, फ्रान्सका अफ्रिका गुस्ताव मसिहलगायत प्रतिनिधिले शुभकामना दिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT