Techie IT
२०८० मंसीर २२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालटिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु


भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका ५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौँ जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ९७प २९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका ८ घर भई हाल सूर्यविनायक नगरपालिका ८ बस्ने २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर घाइते भएका छन् । घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको पाठकले जानकारी दिए । घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेश

काठमाडौैँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक

विराटनगर भएको आगलागीमा परी थप एकको मृत्यु

विराटनगर। मोरङको विराटनगर महानगरपालिका–७ स्थित कबाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६

ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु

काठमाडौँ। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ

Techie IT