Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालइजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीनः परराष्ट्रमन्त्री साउद

इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीनः परराष्ट्रमन्त्री साउद


काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको बताएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा इजरायल घटनाबारे जानकारी गराउँदै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएको बताएका हुन्।

इजरायलमा ४५ सय नेपालीहरु केयरगिभरको रुपमा कार्यरत रहेको र त्यहाँ हाल २६५ जना नेपाली विद्यार्थीहरु इजरायल सरकारको लरन एण्ड अरन कार्यक्रम अन्तगर्त पढिरहेको भन्दै यसमध्ये नेपालको कृर्षि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना इजरायलमा रहेको परराष्ट्रमन्त्री साउदले जानकारी गराए। यीमध्ये सुदूररपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरु दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययन रत रहेको परराष्ट्रमन्त्रीको भनाई छ।

‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन्। राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरूमध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने, ‘बाँकी १२ जना सम्पर्कमा नभएको र केही हताहत भएको हुँदा स्थिति यकिन गर्न संयन्त्र परिचालन गरिएको छ।’

नेपालीहरूको वास्तविक स्थिति पहिचान गर्न, नेपालीहरूलाई सुरक्षित तवरले राख्न, उद्धार तथा सहयोग गर्नको लागि आवश्यक सहजीकरण र समन्वय भइरहेको उनले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जापानी परराष्ट्रमन्त्री वैशाख २३ गते नेपाल आउने

काठमाडौं । जापानी परराष्ट्रमन्त्री खामिखावा योको वैशाख २३ गते अर्थात् अर्को आइतवार नेपाल भ्रमणमा आउने भएको छ । जापानको विदेश

इलाम र बझाङमा मतगणना हुँदै

काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय

आजबाट सुरु हुने लगानी सम्मेलनमा १ हजार ६ सय जनाको…

काठमाडौँ । आजबाट शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ सय

इलाम २ र बझाङ १ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ का लागि शनिबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ

‘संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बन्द गरेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्म विपरीत भएको जनाएको छ

निर्धक्क भई मतदानमा सहभागी हुन आयाेगकाे आग्रह

काठमाडौँ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा भोलि शनिवार

Techie IT