Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालसन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन

सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन


काठमाडौँ। क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन। मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ नगरिएको हो।

पीडित भनिएकी किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईको इजलासबाट सुनुवाइ हुन नसकेको हो। यसअघि पनि पटकपटक पेसी तोकेर सुनुवाइ नगर्दा मुद्दाको फैसला धकेलिएको छ।

दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि समेट्दै टोली घोषणा गरेको छ। खेलको लागि सन्दीप पनि टोलीसँगै बुधबार बाहिर जाँदैछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ । विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका

चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट

चितवन । चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट भएको छ । कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा

पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका घरटहरा हटाउने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा

कैलालीबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश

राष्ट्रपति पौडेल जर्मनीमा

बर्लिन । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । आज बस्ने बैठकमा

Techie IT