Techie IT
२०८२ असोज ३०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालहेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो

हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो


काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्ध हटाएको छ।

प्राधिकरणले गएको असारमा ‘मनसुन अवधि– सेप्टेम्बरसम्म’ सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको हो।

यो अवधिमा विशेष प्रकृतिको हेलिकोप्टर उडानमा समेत प्रतिबन्ध लगाइएको थियो। हेलिकोप्टर दुर्घटनाका कारण नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले उडानमा कडाइ गरेको थियो।

मनसुन सकिएसँगै प्रतिबन्ध हटाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार उडान हुनुअघि ‘फ्लाइट रुट’ सफा हुनुपर्ने छ।

“मनसुन सकिएसँगै प्रतिबन्ध हटाइएको हो। तर, उडान गर्नुअघि पाइलटले इनरुट मौसमको बारेमा जानकारी लिनुपर्ने हुन्छ,” निरौलाले भने “इनरुटमा भिजिबिलिटी कम भए वा मौसम सफा नभएको अवस्थामा उडान गर्न पाइँदैन।”

कर्णालीको सम्पूर्ण र लुम्बिनीको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ।

गण्डकी प्रदेशकै पूर्वी भू–भाग र वाग्मती, मधेस र कोसी प्रदेशमा अझै मनसुन सक्रिय छ। अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT