Techie IT
२०८२ कात्तिक ९, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसासूलाई बुहारीद्वारा कलेजो दान

सासूलाई बुहारीद्वारा कलेजो दान


काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उहाँलाई ३७ वर्षीया बुहारीले कलेजो दान गर्नुभएको थियो ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहिद प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिनुभयो । पछिल्लो प्रत्यारोपणमा सघाउन भारतको लेकसोर अस्पतालका डा। शिल्भाकुमार नागानाथम आउनुभएको छ ।

उक्त केन्द्रमा २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरका चिकित्सकहरूको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यसपछि छिमेकी राष्ट्र भारतका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा निरन्तरता पाउँदै आएको छ । केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने संस्था हो ।

नेपालमा पहिलो पटक मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुवात पनि यहीँबाट गरिएको थियो । डा। श्रेष्ठले स्थापनाको ११ वर्षको अवधिमा एक हजार १३७ जनाको मिर्गौला र १४ जनाको कलेजो प्रत्यारोपणसमेत गरेको जानकारी दिनुभयो । कलेजो प्रत्यारोपणका लागि कम्तीमा १५ लाखमा रुपियाँ खर्च हुने बताइएको छ ।

डा। श्रेष्ठले मुलुक केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो । उहाँले संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा। पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै आएको छ ।

केन्द्रले अङ्गदान गर्न र मस्तिष्क मृत्युपश्चात प्राप्त हुने अङ्ग प्रत्यारोपण कार्य प्रवर्धन गर्न सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउनसमते अनुरोध गरेको छ । गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT