Techie IT
२०८२ साउन ३१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालनागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य: मुख्यमन्त्री कार्की

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य: मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’ को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो सङ्गठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताए । उनले कर्तव्य पालना गर्दा केही जोखिम हुने भए पनि परिणाम राम्रो आउनुको असल उदाहरण प्रहरी सङ्गठन हो भने ।

मुख्यमन्त्री कार्कीले पहुँचको आधारमा कुनै पनि अपराधी तथा गलत व्यक्तिलाई उन्मुक्ति दिन हुने उल्लेख गर्दै प्रदेश प्रहरीलाई बलियो र चुस्त दुरुस्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “अरुलाई सुरक्षा दिने निकाय पनि सुरक्षित हुनुपर्छ, अन्यथा सेवाग्राहीले उचित लाभ र सुरक्षित महसुस गर्न सक्दैनन् ।”

कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्य सचिव डा दीपक काफ्ले र प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले प्रहरी सङ्गठनको विविध पक्षबारे चर्चा गर्नुभएको थियो । सो अवसरमा अपराध अनुसन्धानचर्फ कोशी प्रदेशमा उत्कृष्ट भएका प्रहरी सहायक निरीक्षक किरण मगरलाई रु। एक लाख राशिको साधनादेवी स्मृति पुरस्कार तथा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिएको भन्दै प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई रु २५ हजार राशिको विप्लव थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा सातवटै प्रदेशमध्ये व्यवस्थापनमा उत्कृष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बाँस्तोलालाई प्रहरी प्रधान कार्यालयको प्रशंसापत्र प्रादन गरिएको थियो । प्रहरी सङ्गठनमा कार्यरत प्रहरीका पढाइमा उत्कृष्ट छोराछोरीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा स्नातकोत्तरतर्फ प्रमिला खड्का, एलिजा थापा, एलिशा गौतम, एलिना शर्मा, श्रीयङ्का राई, रबिना थापा, शालिनी ठाकुर तथा एसइईतर्फ सवोत्कृष्ट हुने २५ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गएको आर्थिक वर्षमा सरकारको खर्च १५ खर्ब ८ अर्ब रुपैयाँ

काठमाडाैँ । गएको आर्थिक वर्षमा सरकारको १५ खर्ब ८ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च भएको छ । यसअघि,

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले बोधगयामा भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन

काठमाडौं । कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर तीनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निर्वाचन आयोगमा

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि…

काठमाडाैँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

Techie IT