Techie IT
२०८२ मंसीर २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालजेठयता ११ अर्ब ८० करोड रुपैयाँको बिजुली भारत निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको बिजुली भारत निर्यात


काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली गएको जेठ २८ गतेदेखि भारतीय बजारमा बेच्न शुरु गरेको थियो। प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोज गरी ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ। असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली निर्यात भएको छ।

३ महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ। गएको जेठ महिनाको ५ दिनमा ४० करोड ५ लाख र असारमा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको थियो। जेठ र असारमा भारतर्फत निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो।

साउनमा २ अर्ब १४ करोड ३३ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र असोजमा ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात भएको छ। ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको बिजुली निर्यात भएको हो।

साउन, भदौ र असोजमा भारततर्फ निर्यात भएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट क्रमशः ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ। ३ महिनाको बिजुली समग्र औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ। बिजुली निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिदेखि मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै ११० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ। एनभीएनले बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा ४४ मेगावाट बिजुली रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट बिजुली ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष झन्डै १६ अर्ब रुपैयाँको बिजुली निर्यात हुन सक्ने देखिएको बताए। ‘झन्डै १०० मेगावाट थप बिजुली निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौँ, तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चाडपर्व शुरु भइसकेको छ, यस अवधिमा कलकारखाना बन्द हुँदा र काठमाडौँमा चिसो शुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा बिजुलीको माग घट्छ, भारतबाट थप बिजुली निर्यात स्वीकृति नपाउने हो भने विद्युत् गृहहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने छ, यस्तो अवस्थामा छिट्टै थप बिजुली निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौँ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

Techie IT